सरकारी चिकित्सक संघले देशभरका चिकित्सकलाई काठमाडौँ बोलायो
सरकारी चिकित्सक संघले देशभरको सबै सरकारी चिकित्सकहरुलाई काठमाडौँमा आउन पत्राचार गरेको छ । सरकारी चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेद्धारा हस्ताक्षर गरिएको पत्रमा गएको पुसमा स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सकहरुसँग भएको सहमित विपरित सरकार गएको हुँदा आन्दोलनको लागि काठमाडौँ बोलाइएको अपिल पत्रमा उल्लेख गरिएको छ ।
‘देश संघीयतामा गइसकेको र चिकित्सकको समायोजन गर्दा प्रत्यक्ष रुपमा चिकित्सक वर्गको बृत्ती विकास, सरुवा, बढुवामा समस्या लगायतको विषयमा मन्त्रालय र संघबीच भएको सहमति अनुसारनै हुनुपर्ने पत्रमा उल्लेख गरिएको छ ।
समायोजनको प्रक्रिया अघि बढ्ने तर चिकित्सकसँग भएको सहमतिको कार्यान्वयनमा भने सरकार मौन र सुस्त देखिएको हुदाँ आवाज उठाउनु पर्ने बेला आएको भन्दै चिकित्सहरुलाई काठमाडौँमा आउन आग्रह गरिएको जनाएको छ ।
सरकारी चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच भएको सहमति कार्यान्वयन नभएको खण्डमा देशको स्वास्थ्य क्षेत्रमा ठूलो समस्या आउने संघले चेतावनी दिएको छ ।
कर्मचारी समायोजन अनुसारनै जाने हो भने प्रदेश तथा स्थानीय तहमा समायोजन भएमा चिकित्सकको अध्ययन, तालिम, वृत्ती विकास आदिमा दीर्घकालिन प्रतिकुल असर पर्ने, हालको दरवन्दी तेरिज, संगठन संरचना र मार्यदाक्रम अनुरुप चिकित्सकहरु आफू भन्दा कनिष्ठ स्वास्थ्यकर्मी तथा तहगत हिसावमा कनिष्ठ अन्य कर्मचारी मातहत सदैव बस्नुपर्ने, चिकित्सकहरुलाई माथिल्लो स्तरको अस्पतालमा सरुवा तथा वढुवामा गम्भीर समस्या हुने उल्लेख गरिएको छ ।
यस्तो छ सरकार र सरकारी चिकित्सक संघबीच पुष २९ गते भएको सहमति
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु
-
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना
-
प्रहरीका २२९ जना वरिष्ठ हवलदार असईमा बढुवा सिफारिस (सूचीसहित)