बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा टिप्स : वस्तुगत प्रश्नोत्तर

बुधबार, २३ माघ २०७५, १२ : ३०
बुधबार, २३ माघ २०७५

१. नेपाल सरकारले कहिलेसम्म कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ ?

- सन् २०२० ।

२. नेपाल सरकार मन्त्रिपरिषद् बैठकले नेपाल खाद्य संस्थान र नेसनल टे«डिङ लिमिटेडलाई समायोजन गरेर आपूर्तिसम्बन्धी काम गर्ने व्यवस्थाका लागि उपयुक्त नामसहित छुट्टै कम्पनीमा )रूपान्तरण गर्न आवश्यक प्रक्रिया अघि बढाउन सैद्धान्तिक स्वीकृति कहिले दिएको हो ?

- २०७५ साल, माघ १४ गते ।

३. गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कहाँ निर्माण गरिँदै छ ?

- भरतपुर, चितवन ।

– अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणका लागि २०७५ साल, माघ १६ गते धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । 

– फाउन्डेसनले २० बिघा ६ कठ्ठा जमिनमा नेपाली संस्कृति झल्कने गरी करिब ३० हजार दर्शक क्षमताको रङ्गशाला बनाउँदै छ । 

–‘फ्लड लाइट’ सहितको सुविधायुक्त रङ्गशालाको आकार कमलको पूmलको जस्तो हुनेछ । क्रिकेट खेलाडीको अभ्यासका लागि दुई फरक मैदानसमेत निर्माण गरिने रङ्गशाला परिसरभित्र फुटबल मैदान, टेनिस कोर्ट, बास्केटबल, भलिबल, ब्याडमिन्टन, डन्डिबियोका साथै पौडी पुलसमेतको व्यवस्था गरिने भएको छ ।

– बाहिरी क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएका सम्पदाहरू समावेश गरिने छ, मुख्य भवनको छतमा तीनवटा गजुर रहने, मुख्य प्रवेशद्वारदेखि रङ्गशाला प्रवेश गर्ने भवनको बीचमा गौतम बुद्धको मूर्ति राखिने एवं मिडिया सेन्टरदेखि जिमखानासम्मको व्यवस्था गरी रङ्गशालालाई बहुउद्देश्यीय प्रयोजनयुक्त बनाइने छ ।

– तीन अर्ब रुपियाँ लागत लाग्ने सो रङ्गशाला दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको छ । 

४. बीमा समितिद्वारा प्रकाशित प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४÷७५ अवधिसम्ममा जीवन बीमा गर्ने जनसङ्ख्या कति रहेको छ ?

- ४३ लाख ४३ हजार ५३५ ।

(प्रतिवेदनअनुसार सात जनामा एक नेपालीको बीमा भएको छ । समितिको तथ्याङ्कअनुसार वैदेशिक रोजगार बीमासमेत जोड्दा २०७५ साल, असार मसान्तसम्म कुल ४९ लाख ९१ हजार ६ सय १९ वटा बीमालेख जारी भएका छन् । यस हिसाबले हेर्दा करिब १७ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको छ ।)

५. ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा सार्वजनिक पछिल्लो प्रतिवेदनअनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?

- १२४ औँ ।

६. “जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै पनि भोलिका निम्ति नछोड ।” भन्ने विद्वान को हुन् ?

- बेन्जामिन फ्रेङ्कलिन ।

७. अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा अर्धशतक बनाई कीर्तिमान कायम बनाउने विश्वकै कान्छा खेलाडी को हुन् ?

- सन्दीप जोरा (नेपाल) ।

– उनले टी–२० मा आफ्नो पहिलो खेलमा विश्वकीर्तिमान कायम बनाउनु भयो । यसअघि यो कीर्तिमान क्यानडाका हिरलपटेल (१८ वर्ष १७७ दिन) को नाममा रहेको थियो । 

– सन् २०१९, जनवरी ३१ मा युएई विरुद्धको पहिलो टी–२० मा सन्दीपले ५३ रनको अविजित पालि खेल्नुभयो । उहाँले १७ वर्ष १०३ दिनको उमेरमा अर्धशतक बनाएको थियो  । 

८. “जब हामी परिस्थितिलाई परिवर्तन गर्न सफल हुँदैनौँ, त्यतिखेर आफैँलाई परिवर्तन गर्न तयार हुनुपर्छ ।” भन्ने भनाइ कसको हो ?

- भिक्टर इ फ्राङ्कल ।

९. सत्यनिरुपण तथा मेलमिलाप आयोगको स्थापना कहिले गरिएको हो ?

- २०७१ साल, माघ २६ गते ।

– बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको स्थापना पनि २०७१ साल, माघ २६ मा नै भएको थियो । 

– सरकारले दुवै आयोगको म्याद दुई वर्ष थप गर्ने तयारी गरेको छ । आयोगबाट काम सम्पन्न गर्न कार्यविधि थप्नुपर्ने र पदाधिकारीको पदावधि निर्धारण गर्नुपर्ने भन्दै ऐन संशोधनको विधेयक संसद्मा पेश गरिएको छ । प्रस्तावित विधेयकमा विद्यमान आयोगका पदाधिकारीको म्याद २०७५ साल, चैतसम्म निर्धारण गरिएको छ ।

१०. वरिष्ठ कलाकार बीएस राणाको निधन कहिले भएको हो ?

- २०७५ साल, माघ १८ गते । 

११. सन् २०१९, जनवरीमा युएईमा सम्पन्न एक दिवसीय क्रिकेट श्रृङ्खला कसले जित्यो ?

- नेपाल । 

(नेपाली क्रिकेट टिमले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय श्रृङ्खला जितेको थियो । त्यसैगरी नेपालले तीन खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला पनि जित्दै ऐतिहासिक उपलब्धि हात पारेको छ ।)

१२. २०७५ साल, माघमा दोस्रो राष्ट्रिय स्की प्रतियोगिता कहाँ सम्पन्न भयो ?

- मुस्ताङ । 

– प्रतियोगितामा अल्पाइन स्की र स्नोबार्ड स्कीका लागि १४–१४ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

– अल्पाइन स्कीको पुरुष सिनियर वर्गमा तेन्जिङ शेर्पा प्रथम, कर्मा शेर्पा द्वितीय र सुकदेव थापा तृतीय तथा महिला वर्गमा गौरीमाया तामाङ प्रथम, सङ्गीता लामा द्वितीय र सजनी लामा तृतीय हुनुभयो । त्यस्तै जुनियर पुरुष वर्गमा दिपेश लामा प्रथम, दिनेश बोहोरा द्वितीय, ओमकार थापा तृतीय तथा महिला वर्गमा  लक्ष्मी राई प्रथम, प्रियङ्का गुरुङ द्वितीय र यलिसा बज्राचार्य तृतीय हुनुभएको थियो । स्नोबार्ड स्की खेलमा पुरुष वर्गमा राजन केसी पहिलो, विवेक तिवारी क्षेत्री दोस्रो र नवीन तामाङ तेस्रो हुनुभयो । 

– पहिलो राष्ट्रिय स्की प्रतियोगिता चारवर्ष अघि रसुवामा सम्पन्न भएको थियो ।

१३. मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद साहले राज्यारोहण कहिले गर्नुभयो ?

- सन् २०१९, जनवरी ३१ ।

– क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा सांस्कृतिक र परम्परागत रूपमा आयोजना गरिएको भव्य समारोहमा राजा अब्दुल्लाहले राज्यारोहण गर्नुभयो । 

– यसअघिका राजा सुल्तान मोहम्मद पाँचौँले जनवरी ६ मा राजीनामा घोषणा गरेपछि अब्दुल्लाहलाई एक साताअघि नयाँ राजा चयन गरिएको थियो । उहाँ मलेसियाका १६औँ राजा हुनुभएको छ । 

– मलेसियाका १३ राज्यमध्ये ९ राज्यमा परम्परागत शासक अर्थात् सुल्तान छन् भने बाँकी चार राज्यमा गभर्नर छन् । ती ९ राज्यका सुल्तानमध्येबाट चक्रीय प्रणालीमार्फत् पाँच पाँच वर्षका लागि राजा छान्ने अनौठो प्रचलन रहेको छ ।

१४. तेस्रो मुलुकबाट भारतको कोलकाता÷हल्दिया बन्दरगाह हुँदै नेपाल ल्याउने सामान जाँचमा विद्युतीय कार्गो ट्रयाकिङ प्रणाली (इसीटीएस) कहिलेबाट लागू गर्ने योजना छ ?

- २०७५ साल, फागुन ३ गते । 

– इसीटीएस प्रणाली लागू भएपछि नेपालको आयात र निर्यात व्यापारमा सुधार आउने नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । साथै यो प्रणाली लागू भएपश्चात् क्लियरिङ, डिटेन्सन र डेमरेजको नाममा भइरहेको वार्षिक २०० देखि ३०० करोड रुपियाँ खर्च बचत हुने, आयात निर्यात सहज हुने तथा अन्तर्राष्ट्रिय पारवहन लागतसमेत घट्ने विश्वास गरिएको छ । 

१५. दक्षिण एसियाली महिला सम्मेलन हालै कहाँ सम्पन्न भयो ?

- काठमाडौँ, नेपाल (२०७५ साल, माघ ११–१२ गते) ।

१६. विवाह गरेर कर्मघर पुगेकी चेली भेट्न जाने वर्षौँ पुरानो परम्परा ‘चेली तिहार’ नेपालको कुन क्षेत्रमा प्रचलनमा रहेको छ ?

- सुदूरपश्चिम ।

– वर्षमा कम्तिमा एकपटक माइतीले चेली भेट्न जाने वर्षौं पुरानो परम्परा नै चेली तिहार हो । मीठा मीठा परिकार लिएर चेली भेट्न जाने सुदूरपश्चिमको यो विशिष्ट सांस्कृतिक परम्परा माघ महिनाभर चल्छ । चेलीका लागि लगिने कोसेलीलाई कतै ‘अर्नी फाँको’ त कतै ‘चेली तिहार’ (चेल्त्यार) भन्ने गरिन्छ । वर्षभरि मनाइने चाडपर्वमा छोरीलाई सम्झन÷भेट्न नसकिए पनि माघ महिनामा माइती आफैँ छोरीको घरमा गएर हरियो पातमा कोसेली बेरेर दिने प्रचलन रहेको छ । 

१७. नेपाल टेलिभिजनका चारवटै च्यानल प्रसारणमा एचडी प्रविधि औपचारिक रूपमा कहिलेदेखि शुरु गरियो ?

- २०७५ साल, माघ १७ गते । 

– नेपाल टेलिभिजनको ३४औँ वार्षिकोत्सवको अवसरमा चारवटै च्यानल नेपाल टेलिभिजन, एनटीभी प्लस, एनटीभी न्यूज र एनटीभी कोहलपुर प्रसारणमा एचडी प्रविधि लागु गरिएको छ । 

– नेपालको सबैभन्दा जेठो र अग्रणी टेलिभिजन प्रसारण संस्थाका रूपमा ख्याति कमाएको नेपाल टेलिभिजन २०४१ सालमा स्थापना भएको थियो । 

१८. शहीद दिवस कहिले मनाइन्छ ?

- माघ १६ गते ।

१९. नारायणहिटी दरवार सङ्ग्रहालयमा श्रीपेचको अवलोकन जनताका लागि कहिलेदेखि खुला गरियो ?

- २०७५ साल, कात्तिक ४ गते । 

(२०७५ साल, असोज २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेसँगै नयाँ व्यवस्था अन्तर्गत कात्तिक ४ गतेबाट श्रीपेच अवलोकन जनताका लागि खुला गरिएको थियो ।)

२०. नेपालको संविधानको कुन धारामा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ ?

- धारा २४४ ।

(संविधानको धारा २४४ मा यससम्बन्धी व्यवस्था गरिएको छ । प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुन बमोजिम हुने छ । साथै सोही धाराको उपधारा ३ मा सङ्घीय संसद्ले कानुन बनाई आधार र मापदण्ड निर्धारण गर्ने उल्लेख छ ।)

२१. सन् २०१८, अक्टोबरमा सार्वजनिक ‘डुइङ विजनेस रिपोर्ट’अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?

- ११०औँ (प्राप्ताङ्क ः ५९.६३) ।

– अध्ययनमा समावेश १९० राष्ट्रहरूमा पहिलो पाँच स्थानमा पर्न सफल राष्ट्रहरूमा क्रमशः न्यूजिल्यान्ड, सिङ्गापुर, डेनमार्क, हङकङ, दक्षिण कोरिया, जर्जिया, नर्वे, अमेरिका, बेलायत र मेसेडोनिया रहेका छन् ।

– त्यस्तै सूचीको अन्तिममा परेका राष्ट्रहरूमा चाड (१८१औँ), हैटी (१८२औँ), सेन्ट्रल अफ्रिकन रिपब्लिक (१८३औँ), कङ्गो (१८४औँ), दक्षिण सुडान (१८५औँ), लिविया (१८६औँ), यमन (१८७औँ), भेनेजुयला (१८८औँ), इरिट्रिया (१८९औँ), सोमालिया (१९०औँ) स्थानमा रहेका छन् । 

– प्रतिवेदनमा उल्लेख सार्क राष्ट्रहरूमा भारत ७७औँ, भुटान ८१औँ, श्रीलङ्का १००औँ, नेपाल ११०औँ, पाकिस्तान १३६औँ र अफगानिस्तान १६७औँ स्थानमा रहेका छन् ।

२२. सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय कहिले गरेको हो ?

- २०७५ साल, मङ्सिर १७ गते । 

(शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा योगदान पु¥याउने युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहनस्वरूप सो पुरस्कार वार्षिक रूपमा प्रदान गर्ने गरी कोष स्थापना गरिएको हो ।)

२३. नेपाल–अस्ट्रिया आर्थिक मञ्चको गठन कहिले गरियो ?

- २०७४ साल, कात्तिक १४ गते । 

२४. ‘आयामेली कवि’ भनेर तिलविक्रम नेम्वाङ (वैरागी काइला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ?

- गोपालप्रसाद रिमाल ।

२५. गुणस्तरीय पर्यटक भित्र्याउनका लागि ‘कन्ट्रोल टुरिज्म’ नीति अवलम्वन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?

- भुटान ।

२६. सरकारले उपभोक्ताको स्वास्थ्यमा हुने गरेको बिभिन्न समस्यालाई ध्यान दिँदै दूधमा कति प्रकारकोमापदण्ड निर्धारण गरेको छ ?

- चार ।

२७. चीनको ग्वान्जाओमा नेपालको महावाणिज्य दूतावासको स्थापना कहिले गरिएको हो ?

- २०७४ साल, भदौ २५ गते । 

२८.नेपाल सरकारद्वारा ‘हेलो स्वास्थ्य’ कार्यक्रम कहिलेदेखि शुरु गरिएको हो ?

- २०६९ साल, कात्तिक २९ गते । 

२९. नेपाल राष्ट्र बैङ्कले ब्याजदर करिडोर कहिलेदेखि लागु हुने गरी कार्यान्वयनमा ल्याएको हो ?

- २०७४ साल, कात्तिक २९ गते । 

३०. सन् २०१८ मा अन्तर्राष्ट्रिय ताल सम्मेलन कहाँ सम्पन्न भयो ?

- पोखरा (नेपाल) ।

(सन् २०१८, मे ११–१२ मा पोखरामा सम्पन्न सम्मेलनले पाँच बुँदे घोषणापत्र जारी गरेको छ ।)

गाेरखापत्रबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप