बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शोधकर्ताको दाबीः पुरुषभन्दा महिलाको दिमाग तीन वर्ष जवान

बुधबार, २३ माघ २०७५, ०९ : १२
बुधबार, २३ माघ २०७५

महिलाको दिमाग पुरुषको तुलनामा तीन वर्ष जवान हुने नयाँ अनुसन्धानले बताएको छ । वासिङ्टन युनिभर्सिटीका शोधकर्ताले यस्तो दाबी गरेका हुन् ।

अनुसन्धानमा पुरुषको दिमाग उनीहरुको उमेरभन्दा २.४ वर्ष बुढो र महिलाको दिमाग उनीहरुको उमेरभन्दा ३.८ वर्ष जवान हुने बताइएको छ । २० वर्षका युवा–युवतीमा यो आँकडा थप सटिक पाइयो ।

दिमागमा सुगरको प्रयोगलाई बनाइयो आधारः

दुई सय ५ व्यक्तिमाथि गरिएको यो अनुसन्धान नेशनल एकेडेमी अफ साइन्स पत्रिकामा प्रकाशित भएको छ । यसमा एरोबिक ग्लाइकोसिस प्रक्रियाको क्रममा मस्तिष्कमा सुगरको प्रयोग कसरी हुन्छ भनेर थाहा पाउने कोसिस गरियो । यो प्रक्रिया दिमागको विकासमा महत्वपूर्ण भूमिका निभाउँछ । उमेरसँगै यो प्रक्रिया सुस्त हुन्छ ।

शोधको क्रममा २० देखि ८२ वर्षका एक सय २१ महिला र ८४ पुरुषमाथि परीक्षण गरियो । उनीहरुको मस्तिष्कमा अक्सिजन र ग्लुकोजको संचार कति हुन्छ र दिमागको विभिन्न हिस्सामा सुगरको प्रयोग कति हुन्छ भन्ने कुरा जान्न खोजियो । शोधमा आर्टिफिशियल इन्टेलिजेन्सको मद्दतले मेटाबोलिजमको आधारमा महिला र पुरुषको दिमाग र उमेरबीच कस्तो सम्बन्ध छ भन्नेबारे थाहा पाउन कोसिस गरियो ।

वासिङ्टन युनिभर्सिटीका असिस्टेन्ट प्रोफेसर मनु गोयलका अनुसार वैज्ञानिकले अब सेक्ससँग जोडिएका विभिन्न कारणको मस्तिष्कको उमेरसँग कस्तो सम्बन्ध छ भन्ने बारे थाहा पाउने लक्ष्य राखेका छन् । उनीहरुले मस्तिष्कसँग जोडिएका रोगको कारण के के हुन् भन्नेबारे पनि अनुसन्धान गरिरहेका छन्  । उनका अनुसार मस्तिष्क मेटाबोलिजममार्फत् महिला र पुरुषको उमेरमा देखिने परिवर्तनलाई बुझ्न मद्दत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप