मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पाँच नम्बर प्रदेशमा स्मार्ट कृषि गाउँ : मुख्यमन्त्रीबाट विरुवा रोपेर उद्घाटन

मङ्गलबार, २२ माघ २०७५, १६ : ५५
मङ्गलबार, २२ माघ २०७५

बुटवल– ५ नम्बर प्रदेशले रुपन्देहीको देवदहबाट ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम आजदेखि औचारिक रुपमा शुरु गरेको छ । 

प्रदेश नम्बर ५ का ५२ वटा निर्वाचन क्षेत्रमा लागू हुने स्मार्ट कृषि गाउँ 
कार्यक्रम देवदहबाट सुरु भएको हो ।  

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले मङ्गलबार विरुवा रोपेर स्मार्ट कृषि गाउँ कार्यक्रमको शुरुवात गरेका हुन् ।

स्मार्ट कृषि गाउँको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले युवाहरुलाई कृषिमा वितृष्णा बढेका कारण अरब र साउदीमा काम गर्न जान बाध्य भएको बताए । 

उनले कृषिलाई पनि उद्योगका एक अङग हो भन्ने बुझाउन प्रदेश सरकारले स्मार्ट कृषि गाउँको अवधारणा ल्याएको बताए । 

उनले किसानलाइ सम्मान र कृषि पेशालाई थप व्यावसायीकरण गर्न जमिन,मल, सिचाई  र बजारीकरणमा प्रदेश सरकारले ध्यान दिएको बताए । त्यसक्रममा मुख्यमन्त्री पोखरलले परम्परागत ढाँचाबाट माथि उठेर आधुनिक कृषि खेतीमा लाग्न किसानहरुलाई सुझाव समेत दिए । 

कार्यक्रममा प्रदेश ५ की भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एकिकृत रुपमा कृषिको विकासका लागि प्रदेश सरकार लागिपरेको बताइ्न । 

प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानले बुद्धको मावलीको रुपमा रहेको देवदहबाट सुरुवात भएको प्रदेश नम्बर ५ को स्मार्ट कृषि गाउँले सकारत्मक सन्देश पैदा गर्ने विश्वास व्यक्त गरे ।

देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव याम नारायण देवकोटा, कृषि वन विज्ञान संस्थानका डीन जय प्रकाश दत्त, प्रध्यापक डा. आई पी कडेरिया, सांसद जलपा भुषाल, काँग्रेस नेता बासुदेव रिमाल, नेकपाका नेता ऋषिराम सापकोटालगायतले स्मार्ट कृषि गाउँबारे धारणा राखेका थिए । 

कस्तो हुन्छ स्मार्ट कृषि गाउँ ?


प्रदेश सरकारको ८० प्रतिशत लगानी, बाँकी २० प्रतिशत लगानी स्थानीय सरकारको सामुहिक लगानीमा यो कार्यक्रम सञ्चालन गरिन्छ । जसमा प्रदेश सरकारले ५ वटा सहयोग गर्नेछ । 

कृषि मन्त्रलायका सचिव यामनारायाण देवकोटाका अनुसार कृषिलाई आधुनिकरण गर्न, किसानका समस्या परिचाहन गर्न, सिचाई, मल र बिउको ब्यवस्था गर्नुका साथै बजारीकरणको व्यवस्था समेत मिलाउनेछ । 

जसअन्र्तगत तालिम, माटो परीक्षण,  उत्पदान बृद्धिको पहिचान गरिन्छ ।  

यो प्रदेशमा ५२ वटा निर्वाचन क्षेत्रमा कृषि स्मार्ट गाउँ परिचाहन गरिएको छ । 

जसको शूरुवात  रुपन्देही क्षेत्रनम्बर १ देवदह  वडानम्बर ९ बुद्धनगरबाट शुरु गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप