हतियारसहित धादिङबाट तीन पक्राउ
काठमाडाैं - उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका, ५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका, ५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेका छन् ।
उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले जानकारी दिए । विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा प्रहरीले शङ्का लागि खानतलासी गर्दा उनीहरु हतियारसहित पक्राउ परेका हुन् । उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने जनाइएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले आफूले धादिङमा बहाल रहेको अवधिमा प्राप्त गरेको भत्तावापतको ४१ हजार ३९९ जिल्ला लैङ्गिक हिंसा निवारण कोषलाई हस्तान्तरण गर्नुभएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि
-
डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि
-
इलाम उपचुनावका चुनौती
-
हामीसँग सत्ता उल्ट्याउने क्षमता छ, कमजोर नठान्नू : माधव नेपाल