‘कोख मेरो, सन्तान कस्को ?’
सोमबार, २१ माघ २०७५, १९ : ५७
काठमाडौँ । संविधानतः नागरिकता मौलिक अधिकार भए पनि बाबु नभएको वा बाबुले बेवास्ता गरेको नाममा नागरिकताविहीन भएकाका कथा व्यथा समेटेर महिला, कानून र विकास मञ्चले बबरमहलस्थित आज कला परिषद्मा ‘कोख मेरो, सन्तान कस्को ?’ शीर्षकमा फोटो प्रदर्शनी गरेको छ ।
संविधानले आमाको नामबाट पनि छोराछोरीले नागरिकता पाउने प्रावधान गरेपनि नयाँ कानून नबनेका कारण त्यसको कार्यान्वयन हुन नसकेको सन्दर्भमा प्रदर्शनी शुरु गरिएको मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले जानकारी दिए ।
प्रदर्शनीको पहिलो दिन आज नागरिकताको माग गर्दा पीडितले भोगेको समस्या र पीडा व्यहोर्नु परेको र भक्तपुरकी एक महिलाले आत्महत्यासमेत गर्नु परेको यथार्थमूलक घटनामा आधारित सन्देशमूलक प्रस्तुत गरिएको थियो । प्रदर्शनी चार दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा
-
आइतबारदेखि मौसममा सुधार आउने
-
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै, सभामुख घिमिरेले दिए शुभकामना
-
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सले आज टी–२० शृङ्खलाको पहिलो खेल खेल्ने
-
सहकारी समस्या समाधान गर्न कार्ययोजना बनाउन मन्त्री बज्राचार्यको निर्देशन
-
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन