बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घर फर्किए च्याम्पियन (फोटोफिचर)

सोमबार, २१ माघ २०७५, १७ : ०७
सोमबार, २१ माघ २०७५

संयुक्त अरव इमिरेट्स (यूएई) विरुद्धको एकदिवसीय र टी–२० सिरिज जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वेदश फर्किएको छ ।

आइतबार भएको तेस्रो तथा अन्तिम टी–२० खेल नेपालले यूएईलाई १४ रनले पराजित गरको थियो । यससँगै नेपालले टी–२० सिरिजमा २–१ को जित हात पारेको थियो ।

यसअघि नेपालले वान डे सिरिज पनि २–१ ले नै जितेको थियो ।

नेपालले वानडे र टी–२० दुवै खेलमा उत्कृष्ट पुनरागमन गर्दै सिरिजमाथि कब्जा जमाएको हो ।

नेपालले सिरिजसँगै व्यक्तिगत उपाधिमा पनि बर्चस्व जमायो । वान डेमा शतक प्रहार गरेका कप्तान पारस खड्काले म्यान अफ द सिरिज भए । टी–२० मा युवा बलर अभिनाश बोहोरा म्यान अफ द सिरिज चुनिए ।

वान डेअन्तर्गत दोस्रो खेलमा सोमपाल कामी म्यान अफ द म्याच बनेका थिए । टी–२० मै उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्रसिंह ऐरी म्यान अफ द म्याच भए । टी–२० को अन्तिम खेलमा करण केसी म्यान अफ द म्याच भएका थिए ।

टोलीका लेग स्पिनर सन्दीप लामिछाने भने यूएईबाटै अष्ट्रेलिया जाने टोलीका प्राविधिक रमन सिवाकोटीले जानकारी दिए । सन्दीप बिग बास लिगको बाँकी खेल खेल्न अष्ट्रेलिया जान लागेका हुन् ।

बिग बास लिगमा सन्दीप मेलबर्न स्टार्सबाट खेलिरहेका छन् । बिग बासको सुरुवाती चार खेल खेलेर सन्दीप बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश आएका थिए । सन्दीपले बिग बासका चार खेलमा आठ विकेट लिएका थिए ।

 त्यसपछि सन्दीप यूएईविरुद्ध खेल्न नेपाली टिममा समावेश भएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप