शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् सरकारविरुद्ध काँग्रेसको शक्ति प्रदर्शन

सोमबार, २१ माघ २०७५, १६ : ३७
सोमबार, २१ माघ २०७५

काठमाडौं – प्रतिपक्षी दल काँग्रेसले सरकारविरुद्ध आज देशभर शक्ति प्रदर्शन गरेको छ । काँग्रेसले काठमाडौ लगायत ७७ वटै जिल्लाका सदरमुकाममा प्रदर्शन र विरोधसभा गरेको हो ।

विरोध सभालाई काँग्रेसका केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा भएको विरोध प्रदर्शनको नेतृत्व गरेका छन् ।

त्यस्तै पार्टी उपसधापति विमलेन्द्र निधि धनुषाको विरोध प्रदर्शन र सभालाई सम्बोधन गरेका छन् । त्यस्तै सहमहामन्त्री प्रकाशशरण महत दाङ, डा शशाङ्क कोइराला नवलपरासी र नेता शेखर कोइरालाले मोरङमा भएको सभालाई सम्बोधन गरेका छन् ।

काठमाडौको शान्तिबाटीकामा भएको कार्यक्रममा काँग्रेस नेता कार्यकर्ताहरु विभिन्न स्थानबाट र्यालीसहित आएका थिए । बाइडबडी खरिद प्रकरणमा भएको अनियमितता, निर्मला पन्त बलात्कार, संवैधानिक निकायमा नियुक्ति लगायतका विषयमा काँग्रेसले सरकारको विरोध गर्दै आएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप