इलामममा चिया विषयमा पढाइ हुने भएपछि उत्साह
इलाम– चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुने भएको छ ।
इलाम चियाको केन्द्रका रुपमा मानिन्छ । इलाममा १५५ वर्षअघि चिया रोपेको र सोहि वेलादेखि यहाँ चिया खेती हुने गरेको छ ।
चिया खेतीसम्बन्धी सम्पूर्ण जानकारी पाठ्यक्रममा नै राखिने भएपछि विद्यार्थी जीवनदेखि नै चिया खेती बारे थाहा पाउने अवसर धेरैलाई मिल्ने भएपछि यहाँका किसानमा उत्साह थपिएको चिया किसान नरेन्द्रप्रसाद कोइरालाले जानकारी दिए ।
चियाको विषयमा जानकारी नहुँदा बाहिरबाट प्राविधक ल्याउन बाध्य बनेका चिया किसान नगरको यो योजनालाई स्वागत गरेका छन् । चिया विषय अध्यापन भए रोजगारी समेत सिर्जना हुने चिया किसान प्रेम कट्टेलको भनाइ छ । उनले व्यवहारिक शिक्षा सानै उमेरबाट पाउने भएकाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने बताए ।
चिया विषय विद्यालय तहमा राखिदा चियाप्रति लगाव बढाउन सक्ने र प्राङ्गारिक खेतीमा समेत सघाउन पुर्याउने प्राविधिकसमेत रहेका चिया किसान ज्योति अधिकारी बताउँछन् ।
चिया पाठ्यक्रमको लागि समिति गठन गरेर काम थालनी शुरु गरिएको छ । सम्भव भए अब आउने नयाँ शैक्षिक सत्रबाट नै चिया विषय पढाइ शुरु गर्ने सूर्योदय नगरपालिकाका प्रवक्ता पेमा उगेन लामाले जानकारी दिए ।
चियाको इतिहास बोकेको इलाममा चियासम्बन्धी अध्ययन अनुसन्धान गर्ने थलो बनाउने बहस हुने गरेको भए पनि कार्यान्वय भने हुन सकेको छैन । यस विषयमा पठनपाठन शुरु भए यसबाट सूर्योदय नगरलाई मात्र नभई जिल्लाकै लागि फाइदा पुग्ने विज्ञको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट