शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ नयाँ वर्षको अवसरमा राजदूत यान्छीले भनिन्–चीन र नेपाल दुबै शक्तिशाली देश बनोस्

आइतबार, २० माघ २०७५, २२ : ०६
आइतबार, २० माघ २०७५

काठमाडौं–नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल र चीन दुबै शक्तिशााली राष्ट« बन्नुपर्ने विचार व्यक्त गरेकी छिन् ।
 चिनियाँ नववर्ष वसन्तोत्सवको उपलक्षयमा अरनीको समाजले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै राजदूत यान्छीले चीनले सुरु गरेको बिआरआई अन्र्तगत विकासको काम अघि बढाई दुबै देशलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन आग्रह गरिन् । 

उनले सन २०१९ मा चीनले बिआरआई सम्मेलन गर्न लागेको जानकारी गराँउदै दुबै देशलाई समृद्ध बनाउने अभियानलाई सहयोग गर्न जोड दिइन् । 

राजदूत यान्छीले नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मित्रराष्ट«को रुपमा चीन रहेको  बताउँदै दुई देशबिच बिआरआई कार्यक्रम अन्र्तगत विभिन्न काम अघि बढिरहेको जानकारी दिइन् । 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, अन्य मन्त्रीहरुको चीन भ्रमणबाट दुई देशका विचमा घनिष्ट सम्बन्ध बलियो हुँदै गएको बताउँदै अरनीकोले दुई देश बीचमा सम्बन्ध अघि बढाउन सुरु गरेको स्मरण गरिन् । 


यस्तै राजदूत यान्छीले अरनीको समाजले धेरै बर्ष अघिदेखि स्वास्थ्य, शिक्षा, चिकित्सा लगायतका क्षेत्रमा काम गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । 
कार्यक्रममा बोल्दै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नेपाल र चीनबिच सदिऔदेखि प्रगाढ सम्बन्ध रहेको बताउँदै भृकुटी र अरनीको नेपाल चीन सम्बन्धका सेतु भएको बताए । 
मन्त्री यादवले सन १९५५ देखि नेपाल चीन बिच दौत्य सम्बन्ध स्थापित भएको स्मरण गर्दै नेपालको आर्थिक, भौतिक पूर्वाधार शिक्षा, स्वास्थ्य, जलविद्युत, काठमाडौको चक्रपथ लगायतका क्षेत्रमा चीनले महत्वपूर्ण भूमिका खेलेको बताए । 
उनले चीनबाट आउने पर्यटकको संख्या बढदै गइरहेको बताउँदै नेपालको पर्यटन विकासमा चीनको ठूलो भूमिका रहेको बताए । 

कार्यक्रममा अरनिको समाज नेपालका अध्यक्ष डा सर्वोत्तम श्रेष्ठले अरनीको समाजले दुई देशको संस्कृति एक अर्को देशमा आदान प्रदानमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । 


उनले चीनमा नेपालीहरुको उपस्थिति बढदै गएको र नेपालमा चिनियाँहरुको पनि उपस्थिति बढ्दै गएकोमा खुसी ब्यक्त गर्दै चिनियाँ पात्रो अनुसार कुकुर बर्षको अन्त्य भई सुंगुर बर्षको शुरुवातको उपलक्ष्यमा सबैलाई शुभकामना ब्यक्त गरे । 
उनले चीनका विश्वविद्यालयहरुमा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई समाजले सहयोग गर्दै आइरहेको पनि जानकारी दिए । 


 कार्यक्रममा विभिन्न दलका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा काठमाडौंको मौलिक संस्कृतिका रुपमा रहेको बसन्त संगीत श्रवण गराइएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप