जुन गाडीमा भविश्य देखियो, त्यसैले ७० दिनमै लियो ज्यान
बुटवल– सवारी साधनको सुविधा उपभोगसँगै उपभोग गर्ने मानिसको जीवन पलपल खतरामा छ र कति बेला के हुने हो भन्ने कुरा अनिश्चित छ । त्यही अनिश्चित जीवनको उदाहरण बने गुल्मी वामी तिम्लेचौर गाउँका ३० वर्षीय ठाकुर सापकोटा । श्रीमतीको हातले दिएको खान खाएर हिँडेका उनको त्यही हातले दिएको खानानै अन्तिम खान र यात्रा बन्न पुग्यो ।
सानैदेखि गाउँमै केही गर्नुपर्छ भन्ने उद्देश्य बोक्दै आएका सापकोटाले कहिले कुखुरा पालन गरे, कहिले मिल चलाए तर पनि उनी सफल हुन सकेनन् र ६ महिना जति रोजगारीका लागि भारतमा भौतारिए । जापानमा रहेका दाजु कृष्णप्रसाद सापकोटासँग सल्लाह मागे । तत्काल भिसा पठाउने अवस्था नभएपछि उनी एउटा जिप किनेर गाउँमै केहि गर्छु भन्ने सल्लाह लिएर गाउँ फर्के ।
दाजुकै सहयोगमा १३ लाखभन्दा बढी मूल्य तिरेर जिप किने । डाईभरसँग दिनहुँ कुद्न थाले । शुक्रबार बिहान सदाझै वामी मैदानमा राखेको जिप स्टार्ट गर्न आए । स्टाट गरिसकेपछि ९ बजेको समयमा घर फर्के । जीप खरिद गरेको शुक्रबार ७० दिन भएको थियो ।
श्रीमती माया सापकोटाले खान पस्केर श्रीमानलाई टक्राईन् । खान खाएलगतै हात हल्लाउँदै झरेर डाईभरलाई गाडी चलाउन लगाउँदै केहि यात्रु राखेर वामीटक्सार बजारतिर झरे । त्यसको पाँच मिनेट नहुँदै गाडी ब्रेक फेल भई करिव डेढ सय मिटर तल झर्यो ।
(नोट : सो घटनाका पीडित परिवारका एकजना सदस्यबाट उनीहरुले सो घटनालाई भुल्न चाहेको तर यो समाचार छापिएको कुराले बारम्बार त्यस कुराको स्मरण गराइरहेको भन्ने इमेल हामीलाई ढिला गरी प्राप्त भएको छ । परिवारजनको भनाइको संवेदनशीलतालाई ख्याल गर्दै हामीले उनकै अनुरोधमा यो समाचारका तस्बिरहरु र यसभन्दा मुनिका समाचार अंशलाई हटाएका छौं । सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी