चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु
काठमाडौं– धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु गरेको छ । चितवनको भरतपुरमा सो रंगशाला निर्माण स्थलमा आइतबार एक कार्यक्रमको आयोजना गरि फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मश’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले संयुक्त रुपमा डोजर चलाएर सो रंगशाला निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष एवम् चर्चित हास्य कलाकार सिताराम कट्टेल ( धुुर्मुुस )ले सो रंगशाला निर्माणको काम तोकिएको समयभन्दा अघि नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफूहरु अनुभवी पनि भएकाले सो रंगशाला निर्माणमा ढिलाई नहुने पनि बताए । सो रंगशाला निर्माणका लागि गुरुयोजना बनाउने काम पनि सुरु भइसकेको पनि अध्यक्ष कट्टलले जानकारी दिए ।
अध्यक्ष कट्टेलले सो आयोजना इमान्दारिताका साथ निर्माण गर्ने पनि बताए । उनले धेरै स्वमयसेवक परिचालन गरेर सो रंगशाला निर्माण कार्य सम्पन्न गर्ने भएकाले त्यसको लागत ३ अरब लाग्ने अनुमान गरिएको पनि बताए । नेपाललाई खेलकुदको हर्वको रुपमा विकास गर्ने योजनाका साथ सो रंगशाला निर्माण कार्यमा आफूहरु जुटेको पनि फाउन्डेशनले जनाएको छ ।
कार्यक्रममा बोल्दै फाउन्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले देशको मुहारमा खुशीयाली ल्याउन सो रंगशाला निर्माणको कामको जिम्मा लिएको बताए । उनले देश र आफ्ना बाबुआमा खुशी बनाउने काम सबैभन्दा बढी खुसीको कुरा भएकाले आफूहरुले पनि देशलाई खुसी बनाउन सो रंगशाला निर्माणको काम सुरु गरिएको पनि स्पष्ट पारे ।
२० बिगाहा ८ कट्ठामा जग्गामा निर्माण सूरु गरिएको सो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागत ३ अरब अनुमान गरिएको छ । गत माघ १६ गते फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सो रंगशाला २ वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो रंगशाला निर्माणको लागि सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
-
पुनः सञ्चालनमा आयो बौद्धस्थित भाट–भटेनी सुपर स्टोर (तस्बिरहरु)
-
स्ट्रेट अफ होर्मुजमा अलपत्र नाविकहरूको यूएनले उद्धार गर्ने
-
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा ३ जनाको नाम सिफारिस
-
लागूऔषध सेवन गरी सवारी चलाउने ५ चालक पक्राउ
-
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण