शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मेयरविरुद्व जनकपुरका वडाध्यक्षहरु धर्नामा

आइतबार, २० माघ २०७५, १३ : ०३
आइतबार, २० माघ २०७५

जनकपुर– अधिकार नदिएको भन्दै जनकपुर उपमहानगरपालिकाका वडाध्यक्षहरु धर्नामा बसेका छन् । 

उप–महानगरपालिकाका वडा अध्यक्षहरु १६ बुँदे माग अघि सार्दै धर्ना आइतबारबाट धर्नामा बसेका हुन् ।

उप–महानगरपालिकाका २५ वडा अध्यक्षहरुमध्ये १६ जना वडा अध्यक्षले १६ बुँदे मागसहित मेयर लालकिशोर साहको विरोधमा धर्नामा बसेका हुन् ।

उनीहरुले संवैधानकि व्यवस्थाअनुरुप अधिकार प्रत्योजन, वडा कार्यालयहरुमा दैनिक भैपरी आउने कार्यका लागि स्वायत व्यवस्था, वडा कार्यालयहरुमा भौतिक, आर्थिक तथा संशोधन स्वायतताको व्यवस्थाको माग गरेका छन् ।

वडाको कार्यभारअनुसार कर्मचारी व्यवस्थापन, संवैधानकि व्यवस्था अनुसार बजेट बिनियोजन, कार्यपालिका बैठकमा प्रत्येक वडा अध्यक्षहरुले एजेण्डा राख्न र छलफल गर्न पाउनुपर्ने साथै कार्यपालिका बैठकका सम्पुर्ण निर्णयहरु सञ्चार माध्यममा सार्वजनिक गर्नुपर्ने लगायतका माग अघि सारेको वडानम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले बताए । 

वडा अध्यक्षहरुले विगतमा ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराइएपनि सुनुवाई नभएपछि धर्नामा बस्नु परेको वडा अध्यक्ष मनोज साहले जानकारी दिए ।

धनुषाको मिथिला नगरपालिकामा भारतीय नम्बर प्लेटको गाडीमा एक युवाको शव भेटिएको छ ।

आइतवार विहान मिथिला नगरपालिका वडानम्बर ३ हरिहरपुरस्थित खेतमा अन्दाजी २३ वर्षीय युवाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।

बी आर ०७ पीए ५०८७ नम्बरको स्कारपियो गाडीमा युवकको शव अलपत्र देखेपछि खेत गएका स्थानीयवासीले तत्कालै प्रहरीलाई खवर गरेका थिए । 

खबर पाएलगत्तै घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय ढल्केवर तथा प्रदेश प्रहरीको संयुक्त टोली घटनास्थल पूगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप