शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिकमले ल्यायो अफरै अफर, फोन उठाउँदा बोनस पाइने, इन्टरनेट शुल्क घट्यो

आइतबार, १५ साउन २०७४, १५ : ०५
आइतबार, १५ साउन २०७४


काठमाडौं–नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर ल्याएको छ । अफर अनुसार टेलिकमले  विदेशबाट आएको कल उठाउदा पनि अब बोनस दिने जनाएको छ । यो अफर भोलिदेखि लागू  भई ९० दिनसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ ।  
टेलिकमका अनुसार जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन् । 


यस्तै टेलिकमले १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट कर सहित मासिक रु. १००० मा उपलब्ध गराउने अफर पनि ल्याएको छ ।  पहिले मासिक १०१७ मा २५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो । 

त्यसैगरी टेलिकमले भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि रु. १९८० शुल्क लिइएकोमा अब १५ जीबी डाटा रु. ३००– मै उपलब्ध हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


 त्यसैगरी २५ जीबी डाटाको रु. ५०० र ४० जीबीको डाटाको मूल्य रु. ७००  तोकिएको छ । यी डाटाको गति १ एमबीपीएस सम्म हुनेछ । 

त्यसैगरी दर्ता शुल्क पनि घटाइएको छ । पहिले दर्ता शुल्क कर वाहेक रु. ५०० भएकोमा अब भोल्युम बेस्ड डाटाको लागि कर वाहेक रु. २०० र अनलिमिटेड डाटाको लागि रु. ३००  दर्ता शुल्क तोकिएको छ । 

यस्तै अब पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।  सो अनुरुप १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जीबी, ६ महिनाका लागि ५०० जीबी र १२ महिनाका लागि १२०० जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।  त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप