शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धनगरमा नेविसंघका कार्यकर्ताले जलाए सरकारी गाडी

शनिबार, १९ माघ २०७५, १९ : १०
शनिबार, १९ माघ २०७५

काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताले सरकारी गाडीमा आगजनी गरेका छन् । राजधानीको बुद्वनगरस्थित युनपार्क नजिकै सरकारी गाडीमाथि उनीहरुले आगजनी गरेका हुन् । 

बा१झ ७५१५ नम्बरको सरकारी गाडीमाथि आगजनी गरिएको महानगरीय प्रहरी वृत, बानेश्वरका डीएसपी गोविन्दराज काफ्लेले जानकारी दिए । 

‘गाडीमा आगो लगाएर उनीहरु भागे,’ डीएसपी काफ्लेले भने, ‘पछि स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइयो । गाडी पूर्ण रुपमा क्षति भएको छैन् ।’

नेविसंघले शनिबार सरकारी गाडी चल्न नदिने सर्कुलर जारी गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप