नेविसंघले जलायो कास्कीका जिल्ला शिक्षा अधिकारीको गाडी
शनिबार, १९ माघ २०७५, १२ : २३
कास्की– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीका कार्यकर्ताले एक सरकारी गाडीमा आगजनी गरेको छ ।
शनिबार बिहान नेविसंघका कार्यकर्ताले कास्कीका जिल्ला शिक्षा अधिकारीको बा १ झ ५८७९ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
संघको केन्द्रीय कार्यसमितीले निकालेको विज्ञप्ति अनुसार आज देश भरका सरकारी गाडी चल्न रोक लगाइएको थियो ।
जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद सुवेदीले आफूहरुको रोकलाई अवज्ञा गरेकाले गाडीमा आगजनी गर्ने बाध्य भएको नेविसंघ कास्कीका जिल्ला अध्यक्ष परशुराम बस्नेतल बताए ।
गाडीमा रहेका व्यक्तिहरुलाई झारेर विद्यार्थीहरुले आगो लगाएका थिए । दमकलले आगो निभाइएको भए पनि गाडी जलेर पूर्णरुपमा ध्वस्त बनेको छ।
आगो लगाउने नेविसंघका कार्यकर्ता मोटरसाइकल चढेर भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण