बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल

शनिबार, १९ माघ २०७५, ०६ : ०२
शनिबार, १९ माघ २०७५

काठमाडाैं - वि.सं.२०७५ साल माघ १९ गते । शनिबार । ईश्वी सन् २०१९ फेब्रुवरी ०२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ कृष्ण पक्ष । तिथि त्रयोदशी,३७ घडी २३ पला,बेलुकी ०७ बजेर ४९ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र पूर्वाषाडा,४४ घडी २६ पला,रातको १२ बजेर ३९ मिनेट उप्रान्त उत्तरषाढा । योग हर्षण,०२ घडि २२ पला,बिहान ०७ बजेर ४९ मिनेट उप्रान्त बज्र । करण गर,बिहान ०९ बजेर ०५ मिनेट उप्रान्त वणिज,बेलुकी ०७ बजेर ४९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा मातंग योग । चन्द्रराशि धनु । विश्व सिमसार दिवस ।शनि प्रदोष व्रत ।

काठमाडौंमा सूर्योदय ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४४ मिनेट । दिनमान २७ घडी ०८ पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारि तथा दैनिक कामगर्दा ध्यान दिनहोला अप्रिय निर्णयको शिकार होईयला । लामो दुरिको धार्मिक यात्रा भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्दा मन खिन्न हुनेछ । पढाई लेखाईमा दिईयको समय वालुवामा पानि सरह हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु गर्न सकिने छैन । घर परिवार तथा आफन्त बिच मनमुुटाव बढने योग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानि गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईनेछ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपुर्ण सम्मान पाईने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मेहनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहुन सक्छ । पति पत्नि बिच मनमुटाब बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्ला । आफन्तबाट उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ । 

कन्या  (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । तपाईले शुरु गर्नुभएको काममा बिभिन्न वाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुनालेमन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछ भने सत्रु परास्त हुँनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुनालेअध्ययन अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउँदा मन हर्सित हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाईको निर्णय तपाई आफैलाई आत्मघाति हुन सक्छ । आफन्त,साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । साझपख छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुनेछ । राजनीति कर्मिले सर्बसाधारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाई लेखाईमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा विलाशि वस्तुको प्रयोग गर्न पाईने समय रहेकोले मन प्रशन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानि गर्न केहि समय पर्खनु राम्रो रहेकोछ भने बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाई लेखाईमा मन जाने छैन भने अल्छि गर्नाले अन्यकाहरु प्नि बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लाभ भावमा रहने चन्द्रमाले खनिज पदार्थ तथा पानिसँग सम्बन्धित कामहरुबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुँने हुँदा मन खुसि रहनेछ । माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । बिभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुँनेछन् भने आफुसँग भएको शिप प्रयोग गरि आम्दानि बढाउँन सकिनेछ । सामाजिक काम गरि राज्यबाट पद प्रतिष्ठा पाउँने गतिलो योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाईने हुनालेकाम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुँने योग रहेको छ । समस्याहरुको समाधान गरि आम्दानिका स्रोत हरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप