सेवामा नफर्किने चिकित्सकहरुलाई कार्वाही गर्ने सरकारको चेतावनी
काठमाडौँ– अनसनरत डा.गोविन्द केसीको पक्षमा आन्दोलनरत चिकित्सकहरुले देशभरको स्वास्थ्य संस्थाको ओपिडी सेवा ठप्प पारिएकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा आन्दोलन नगर्नु भन्ने विषयमा योभन्दा पहिला पनि जनाकारी गराउँदा गराउँदै पनि चिकित्सकहरुले बेवास्ता गरेका कारण मन्त्रालयले अब पनि चिकित्सकहरु आन्दोलन छोडेर सेवामा नलागेको खण्डमा आवश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम कारवाहिको प्रक्रिया अघि बढाउने जनाएको छ ।
मन्त्रालयले यसभन्दा अघि पनि स्वास्थ्य क्षेत्रमा आन्दोलनका कार्यक्रम नगर्न सचेत गराएको जनाउँदै चिकित्सकहरुले बेवास्ता गरेको आरोप लगाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको सुचनामा माघ १४ गते पनि सम्पूर्ण स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई आन्दोलन छोडेर सेवामा आउन अपिल गरिएको तर अराजक बन्दै आन्दोलनका कार्यक्रम नरोकेको भन्दै अब पनि यही क्रम जारी रहे ऐनअनुसार कार्वाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण