आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा छोराले गरे चिर्पट प्रहार गरी आमाको हत्या

शुक्रबार, १८ माघ २०७५, १४ : १३
शुक्रबार, १८ माघ २०७५

–रामहरि श्रेष्ठ 
ओखलढुंगा– ओखलढुंगामा चिर्पट प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका छन् । चम्पादेवी गाउँपालिका ५ पोखरेका ३८ वर्षीय टंकबहादुर कार्कीले चिर्पट प्रहार गरी ६३ वर्षीय आमा नरमाया कार्कीको हत्या गरेका हुन् । 

बुधबार बेलुका सामान्य घरायसी झगडा हुँदा टंकबहादुरले आमालाई चिर्पट प्रहार गरेको स्थानीयले बताएका छन् । चिर्पट प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टंकबहादुरले श्रीमतीसँगको रिसले आमाको टाउकोमा चिर्पट प्रहार गरेको प्रहरीको भनाई छ ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यलयलामा भने बिहिबार बेलुकामात्रै खबर आएको थियो । त्यसलगत्तै प्रहरी निरीक्षक राजिव श्रेष्ठको टोली घटनास्थल पुगी छानबिन गरेको थियो । छानविनका क्रममा छोराले आमाको हत्या गरेको पुष्टि भएपछि टंक बहादुरलाई पक्राउ गरी प्रहरी कार्यालय ल्याइँदै छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप