गर्भावस्थासँग जोडिएका पाँच झुट, जसलाई महिलाले वर्षौंदेखि सही मान्दै आएका छन्
एलिजाको विवाह भएको तीन वर्ष भइसकेको थियो । केही समयअघि उनको महिनावारी रोकियो । प्रियंकालाई आफू गर्भवती भएको हो कि भन्ने शंका लाग्यो र परीक्षण गरिन् । नतिजा पोजिटिभ निस्कियो । एलिजाका घरका सदस्यले उनी गर्भवती भएको थाहा भएपछि धेरै कुरा सिकाए । कसैले यो नखाउ भने । कतिले यो नगर भन्न थाले । उनले घरका सदस्यले सिकाएको कुरा डाक्टरलाई पनि सोधिन् । त्यतिबेला थाहा भयो कि १० मध्ये ८ कुरा त झुटो थियो ।
गर्भवती महिलालाई टिप्सको रुपमा यस्ता विभिन्न कुरा बताइन्छ जुन सही हुँदैनन् । तीमध्ये केही भ्रम हुन्छन् जुन निकै वाहियात हुन्छन् । यहाँ केही यस्ता भ्रम बारे जानकारी दिइएको छ जुन डाक्टर अनुराधा कपूरसँगको कुराकानीपछि तयार गरिएको हो । उनी दिल्लीको म्याक्स अस्पतालकी स्त्रीरोग विशेषज्ञ हुन् ।
झुट १ः गर्भावस्थामा व्यायाम गर्नुहुँदैन
डाक्टर कपूर भन्छिन्ः
‘गर्भावस्थामा व्यायाम गर्नुहुँदैन भन्ने मान्यता छ तर यो सही होइन् । वास्तवमा गर्भवती महिलाले व्यायाम गर्नैपर्छ । तर अत्यधिक धेरै भने होइन । तपाईंले यतिबेला निकै गह्रँगा वस्तु उठाउनु पनि हुँदैन । तर व्यायाम गर्नैपर्छ । यदि यसबारे शंका छ भने आफ्नो डाक्टरसँग सल्लाह लिनुहोस् । व्यायाम गर्दा ढाड दुख्दैन, जुन गर्भावस्थाको सबैभन्दा खराब पक्ष हो । साथै, निन्द्रा नलाग्ने समस्या पनि हटाउँछ ।
झुट २ः गर्भावस्थामा दुईजनाको लागि खाना खानुपर्छ
डाक्टर कपूर यसलाई ठाडै अस्विकार गर्छिन् । उनी भन्छिन्, ‘गर्भावस्थामा महिलालाई अत्यधिक धेरै खुवाइन्छ । उनीहरुलाई दुईजनालाई पुग्ने खाना खानुपर्ने सल्लाह दिइन्छ । तर यस्तो हुँदैन । तपाईंले आफ्नो खानामा तीनसय क्यालोरीलाई मात्र बढाउनुपर्ने हुन्छ । अर्थात्, तपाईं जे खानुहुन्छ त्यसमा प्रोटिनको मात्रा धेरै हुनुपर्छ । जस्तै, अण्डा, दुध, मासु, दाल आदि ।
डाइटलाई जति सन्तुलित राख्न सकियो, त्यति नै राम्रो हुन्छ ।
झुट ३ः गर्भावस्थामा यौनसम्पर्क गर्नुहुँदैनः
डाक्टर कपूर भन्छिन्, ‘गर्भावस्थाका बेला यौन सम्बन्ध स्थापित गर्न धेरैलाई सहज नलाग्न सक्छ तर यो तपाईंको लागि रत्तिभर पनि खतरनाक हुँदैन । तपाईं गर्भावस्थामा पनि मज्जाले यौनसम्पर्क गर्न सक्नुहुन्छ । तपाईंको गर्भावस्थाको अन्तिम हप्तामा यसले तपाईंको हर्मोनमा असर पुर्याउन सक्छ । तपाईंलाई छिट्टै प्रसव पीडा पनि हुनसक्छ । तर यो एउटा कुराबाहेक गर्भावस्थामा यौनसम्बन्ध स्थापित गर्नु निकै साधारण हो ।’
झुट ४ः सेतो रङको खानेकुरा खाँदा बच्चा गोरो जन्मिन्छ
यसबारे डाक्टर कपूर भन्छिन्, ‘यो साँचो होइन । खानाको रङ र बच्चाको छालामा कुनै सम्बन्ध छैन । यो वंशानुगत हुन्छ । कुनै पनि खानेकुराले बच्चालाई गोरो वा कालो बनाउने भन्ने हुँदैन ।
झुट ५ः सुत्केरी भएलगत्तै गर्भावस्थाको क्रममा बढेको तौल घट्छ
गर्भावस्थामा महिलाको ११.५ केजीदेखि १६ किलोसम्म तौल बढ्छ । तर सुत्केरी भएलगत्तै उनीहरुको तौल पाँच केजीजति कम हुन्छ । यो बच्चाको सालको तौल हो । साल एउटा यस्तो अंग हो जुन गर्भावस्थाका बेला बन्छ । गर्भवती हुँदा बढेको तौल घट्न कम्तीमा पनि एक वर्ष त लाग्छ, कहिलेकाँही त त्योभन्दा बढी पनि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न रकम निकासा दिन निर्देशन
-
वैकल्पिक चिकित्सा सेवाको रणनीति तर्जुमा तयार गर्न सुझाव संकलन गरिँदै