शिक्षण अस्पतालबाट डेढ दर्जन डाक्टरहरु पक्राउ
शुक्रबार, १८ माघ २०७५, १२ : ४४
काठमाडौँ । राष्ट्रपति कार्यालय अगाडिको निषेधित क्षेत्र तोड्ने खोज्ने त्रिवि शिक्षण अस्तालका डेढ दर्जन डाक्टरहरु पक्राउ परेका छन् ।
शिक्षण अस्पतालबाट र्याली निकाल्दै निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा टिचिङको आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेसहित १७ जना रहेको प्रहरीले जनाएको छ ।
अनसनरत डा. गोविन्द केसीको समर्थन शिक्षण अस्पताललगायत देशभरका चिकित्सकहरु आन्दोलनरत रहेका छन् ।
उनीहरुले आकस्मिकबाहेक अस्पतालका सबै सेवा ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।
यो पनि पढ्नुहोस्
स्वास्थ्य मन्त्रालयको एक्सन : सेवा अवरुद्ध पार्ने चिकित्सकको नाम सङ्कलन गर्दै, कारवाहीको तयारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण