सामान्य ज्ञान
० डा. इभानोभिच मेण्डलीफको जन्म सन् १८३४ फेब्रुवरी १ तारिखका दिन रुसमा भएको थियो । उनले तत्त्वको गुण र तिनको परमाणु भारको साथै पेरियोडिक तरिकाले बदलिरहन्छन् भन्ने सिद्धान्त स्थापना गरी पेरियोडिक टेबल बनाएका थिए ।
० कमनवेल्थ खेलकुद प्रतियोगिता राष्ट्र मण्डलका सदस्यहरुबीच खेलिन्छ । यो प्रतियोगिता सन् १९३० देखि प्रत्येक चार वर्षको अन्तरालमा आयोजना हुन्छ ।
० एसियाली विकास बैंक (ADB) को स्थापना सन् १९६६ मा भएको थियो । यसको प्रधान कार्यालय मनिलामा रहेको छ ।
० कोराकोम नामक राजमार्गले भारत, पाकिस्तान, चीन, अफगानिस्तान र रुसलाई जोड्ने काम गर्छ ।
० एसियाको नोबेल पुरस्कार भनेर चिनिने रेमन मेगासासे पुरस्कारको स्थापना सन् १९५८ मा गरिएको थियो । यस पुरस्कारको रकम ३०,००० अमेरिकी डलर र एउटा स्वर्ण पदक रहेको छ । सार्वजनिक सेवा, सरकारी सेवा, सामुदायिक सेवा, अन्तर्राष्ट्रिय सद्भावना र समझदारी तथा कला, साहित्य गरी जम्मा ५ क्षेत्रमा यो पुरस्कार प्रदान गरिन्छ । यो पुरस्कार सन् १९५७ मा हवाइजहाज दुर्घटनामा मृत्यु भएका फिलिपिन्सका भुतपूर्व राष्ट्रपति रेमन मगासासेको सम्झनामा स्थापना गरिएको हो ।
० लिंकनपछिका लोकप्रिय मानिने अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको सन् १९६३ नोभेम्बर २२ का दिन टेक्सस राज्यको डलास भन्ने स्थानमा हत्या भएको थियो ।
० विश्वको सबैभन्दा ठूलो ताल क्यास्पियन सी हो । यो रसिया–इरानमा अवस्थित रहेको छ । यसको क्षेत्रफल ३९४२९९ वर्गा किलोमिटर रहेको छ । यसको लम्बाई ११९९ कि.मी. र गहिराई ९४६ मिटर रहेको छ ।
० विहारको दुःख भनेर कोशी नदीलाई चिनिन्छ । त्यसैगरि बङ्गालको दुःख भनेर दामोदरी नदीलाई चिनिन्छ ।
० जरासन्ध महाभारतमा अत्याचारी राजाको रुपमा देखाइएको छ । यिनलाई पाण्डवका भीमले महाभारत लडाइँ हुनुभन्दा धेरै अगाडि खुट्टा च्यातेर मारेका थिए ।
० शनिवारका दिन विदा लिने चलन भीम शमशेरले चलाएका हुन् ।
० चन्द्रमाको उत्पत्ति, गति, कला र स्थान परिवर्तनबारे अध्ययन गर्ने विज्ञानलाई सेलेनोग्राफी (Selenolography) भनिन्छ भने चन्द्रमाको बारेमा अध्ययन गर्ने विज्ञानलाई भने सेलेनोलोजी (Selenology) भनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना