शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हामी कमिला

बिहीबार, १७ माघ २०७५, १६ : ४८
बिहीबार, १७ माघ २०७५

मिलीजुली बस्न  जान्ने हामी कमिला
समूहमा काम गर्ने हामी कमिला
हाम्रो ठूलो परिवार, गोलो ठूलो छ
जहान जति भए पनि एउटै चुल्हो छ ।

कतै जाँदा लामो ताँती देख्दै रमाइलो
मिलीजुली काम गर्दा कामै रमाइलो
सँगैसँगै खोज्दा खाँदा खानै रमाइलो
आपसमा माया हुँदा मनै रमाइलो

आफूभन्दा बेसी तौलको भारी बोकेर
हिँड्छौं हामी भीरपातमा हल्का टेकेर
बसिखाने छैनौं कोही हामी कमिला
सधैं सधैं जाँगरिला हामी कमिला

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदारमण नेपाल
शारदारमण नेपाल
लेखकबाट थप