आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अनशनरत डा. केसीको जीवनरक्षाको माग गर्दै मण्डलामा प्रदर्शन (फोटोफिचर)

बिहीबार, १७ माघ २०७५, १५ : ४०
बिहीबार, १७ माघ २०७५

काठमाडौं– डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काँग्रेस निकटका विभिन्न संघ सङ्गठनले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रको सुधारको मागसहित डा.केसीले अनशन थालेको २३ औं दिन हुँदा समेत माग सम्बोधनका लागि सरकार गम्भीर नदेखिएको भन्दै दवावस्वरुप उनीहरुले प्रदर्शन गरेका हुन् । 

डा.केसीले उठाएका मागमा ऐक्यबद्धता जनाउँदै मण्डलामा संयुक्त प्रदर्शन गरिएको काँग्रेस निकट प्रजातान्त्रिक विचार समाजले जनाएको छ ।  उनीहरुले माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रर्दशन गरेका थिए । प्रदर्शनकारीहरुले डा. केसीसँग गरिएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि लगाएका थिए । 

यसैबीच विवेकशील नेपाली दलले पनि डा.केसीको  जीवन रक्षाको माग गर्दै प्रदर्शन गरेको छ । सो दलले मैनबत्ती बालेर प्रदर्शन गरेको थियो । तस्विर: सुवास श्रेष्ठ/ रातोपाटी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप