शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सरकारले एकपछि अर्को सफलता चुमिरहेको छ : प्रधानमन्त्री ओली

बिहीबार, १७ माघ २०७५, १२ : ५०
बिहीबार, १७ माघ २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको समृद्धिको अभियानलाई दृढतापूर्वक अगाडि बढाइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले मुलुकमा नयाँ–नयाँ कामको थालनी गरिरहेको र त्यसले एकपछि अर्को सफलता चूमिरहेको दावी पनि गरे ।

बिहीबार नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सव तथा एचडी प्रशारणको शुभारम्भ गर्दै उनले जनताको विकासको चाहनालाई तीव्रता दिन सरकारले नयाँ–नयाँ प्रविधिको विकासमा जोड दिएको पनि स्पष्ट पारे । जनताको चाहनाअनुसार विकास, निर्माणको कामलाई तीव्रता दिन सरकारले मुलुकको आवश्यक्ता अनुसार नयाँ–नयाँ प्रविधि भित्रयाउँदै जाने प्रधानमन्त्री ओलीको योजना छ ।

प्रधानमन्त्री ओलीले सरकारले हरेक दिन एक कदम अघि बढने संकल्प लिएको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक अघि बढाउने दृढता पनि व्यक्त गरे  । त्यसअवसरमा प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनको प्रगतिको कामना पनि गरे । 

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिभिजनमा एचडी प्रशारण गर्न आफूले ठूलै मेहनत गर्नु परेको बताए । उनले नेपाल टेलिभिजनलाई छिट्टै सार्वजनिक प्रशारण संस्थाको रुपमा विकास गर्ने घोषणा पनि गरे । नेपाल टेलिभिजन सरकारी नभई जनता र राष्ट्रको टेलिभिजन भएको उल्लेख गर्दै उनले नेपाल टेलिभिजनमा राजनीतिक कार्यकर्ता बनेर गडबडी गर्न नदिने पनि स्पष्ट पारे । 

मन्त्री बास्कोटाले ‘चारतारे’ र ‘लालतारे’ बनेर आउनेले नेपाल टेलिभिजनलाई गडबडी गर्ने गरेको उल्लेख गर्दै अब त्यस्ता गतिविधि हुन नदिने चेतावनी पनि  दिए । उनले अन्य सञ्चारमाध्यामसँग प्रतिस्पर्धा गरेर नेपाल टेलिभिजनलाई अघि बढाउन पनि त्यहाँका कर्मचारीहरुलाई सचेत गराए । मन्त्री बास्कोटाले नेपाल टेलिभिजनमाथि सरकारले हस्तक्षेप नगर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप