शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विकासका लागि आफैं डोजर चलाउन तयार छु : मुख्यमन्त्री शाही

बुधबार, १६ माघ २०७५, १९ : ५५
बुधबार, १६ माघ २०७५

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकासका लागि डोजर चलाउन पनि पछि नहट्ने बताएका छन् ।  राष्ट्रिय योजना आयोगले आज वीरेन्द्रनगरमा आयोजना गरेको पन्ध्रौँ योजना आधारपत्रको प्रारम्भिक मस्यौदा कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्दै उनले श्रमप्रति सबैले सम्मान गर्नुपर्ने बताए । 

‘मुख्यमन्त्रीले पनि डोजर चलाउनुपर्छ’, उनले भने, ‘त्यो क्षमता नभए बेल्चा, कुटो कोदालो समाउन पनि पछि हट्नु हुँदैन ।’ मुख्यमन्त्री शाहीले कर्णालीका सबै जनप्रतिनिधिलाई हप्ताको एक दिन श्रममा लाग्न आग्रह गरे । 

उनले स्थानीय तहले साना, प्रदेशले मझौला र सङ्घीय सरकारले ठूला योजना निर्माण गर्ने बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिँदै किसानले उत्पादन गरेका उत्पादनलाई प्रदेश सरकारले बजारीकरणमा सहजीकरण गर्ने जानकारी गराए । मुख्यमन्त्री शाहीले राष्ट्रिय योजना आयोगसँग कर्णालीका लागि अर्बौं बजेट ऊनी र सुतीका लागि विनियोजन गर्न माग गरे । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप