बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सहसचिव र उपसचिव समायोजन हुँदै : फागुन ३ भित्र सबै कर्मचारी समायोजनमा (भिडियो)

बुधबार, १६ माघ २०७५, १७ : १५
बुधबार, १६ माघ २०७५

कर्मचारी समायोजन अन्र्तगत सहसचिव समायोजनका लागि मन्त्रीपरिषद्मा प्रस्ताव पठाइएको छ । झन्डै साढे ५ सय सहसचिव केन्द्र र प्रदेशमा समायोजनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीपरिषदमा निर्णयका लागि प्रस्ताव पठाएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले रातोपाटीलाई जानकारी दिए । 

ती सहसचिवहरु केन्द्रीय तहका विभिन्न कार्यालय र प्रदेश तहमा रहेका विभिन्न विधागत निर्देशनालयहरुमा समायोजन हुनेछन् । 

यता झन्डै १५ सय हाराहारीमा रहेका उपसचिव समायोजनका लागि अनलाइन फारमबाट प्राप्त विवरणको रुजु गर्ने काम भइरहेको छ । उपसचिवको १२ टोलीले जेष्ठताको आधार, शैक्षिक योग्यता लगायतका आधारमा मन्त्रालयगत रुपमै रुजु गर्ने काम गरिरहेको हो । २ दिनभित्र सहसचिवको विवरण रुजु गरिसकिने मन्त्रालयका सहसचिव समेत रहेका प्रवक्ता अधिकारीले बताए । 

यस्तै स्वास्थ्य सेवातर्फका झन्डै २५ हजार कर्मचारीको विवरण रुजु गर्न एक साता लाग्ने मन्त्रालयको अनुमान छ । आउदो माघ २५ गतेभित्र सास्थ्य सेवा बाहेकका कर्मचारी समायोजन भइसक्ने र स्वास्थ्य सेवासहितका सम्पूर्ण कर्मचारीको समायोजन फागुन ३ भित्र गरिसक्ने मन्त्रालयको तयारी छ । 

गत पुस ११ देखि माघ २ गतेसम्म समायोजनमा जान चाहने कर्मचारीले अनलाइन पद्धतिबाट विवरण बुझाएका थिए । समायोजनमा प्रक्रियामा सहभागी हुनका लागि कूल ७७ हजार ३४ कर्मचारीले अनलाईन विवरण बुझाएका थिए । 

यसैबीच मन्त्रालयले संघीय निजामती सेवा ऐनको मस्यौदा परामर्शका लागि लोकसेवा आयोग पठाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप