शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सेवासुविधा कटौती गरेको भन्दै मजदुर आन्दोलित

मङ्गलबार, १५ माघ २०७५, १९ : ०२
मङ्गलबार, १५ माघ २०७५

बर्दिबास । महोत्तरीको  गौशला नगरपालिकामा रहेको एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिज लिमिटेडका मजदुर मंगलबार पनि रिले अनशनमा बसी आन्दोलन गरिरहेका छन् । 

मजदुरले ०७५ असार महिनाको तलबी चार्टमा वर्षौंदेखि खाईपाई आएको विशेष भत्ता, अतिरिक्त भत्ता साथै अन्य सुविधाहरु पाएपनि राजपत्रमा प्रकाशित नेपाल सरकारले ०७५ साउन महिनादेखि तलब भत्तामा रु ३ हजार ७ सय ५० बढाएपछि मिल व्यवस्थापन  पक्षले उद्योगमा काम गर्ने मजदुरहरुको खाईपाई आएको विशेष भत्ता, अतिरिक्त भत्ता, कट्टा गरेकोले मजदुरहरु आन्दोलित भएका हुन् । 

मजदुरहरुले विगतमा भएका केहि सम्झौताहरु पनि कार्यान्वयनका लागि  व्यवस्थापन पक्षले वेवास्था गर्दै आएको आरोप लगाएका छन् । 

उनीहरुका अनुसार कट्टा गरिएका भत्ता तथा सुविधाहरु पाउन र पहिला भएका सम्झौताहरु कार्यान्वयनका लागि मिल व्यवस्थापन पक्षलाई ०७५ भदौ १४ र १५ गते, ०७५ असोज ४ गते र ०७५ कात्तिक ११ गते मजदुरका समस्याहरु दर्शाइ पत्र लेखि  पठाएपनि मिल व्यवस्थापन पक्षले बेवास्ता गरेको उनीहरुको भनाई छ ।  

मजदुरको समस्यामा व्यवस्थापन पक्षले ध्यान नदिएपछि उनीहरुले ०७५ असोज १७  गते  र ०७५ कात्तिक १२ गते समस्या समाधानका लागि श्रम कार्यालय जनकपुरधाम धनुषालाई पत्र लेखि पठाएका थिए । तर हालसम्म पनि समस्या जहाँको त्यहीँ रहेपछि आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको अखिल नेपाल औद्योगिक मजदुर संघका उपाध्यक्ष नीर बहादुर अधिकारीले बताए । 

त्यसैगरी एभेरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिज लिमिटेडका वाणिज्य प्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार चिनी उद्योगले मजदुरहरुको पुरानो सेवासुविधा नेपाल सरकारले बढाएको सेवा सुविधामा समायोजन गरिएको हुनाले उद्योगले दिएको विशेष भत्ता बढाउन नसकिने बताए । 

उनका अनुसार उद्योगले दिएको विशेष भत्ताको रकम मजदुरलाई दिएमा उद्योगले मासिक रुपमा ३५ देखि ४० लाखसम्म  घाटा व्योहोर्नुपर्ने भएकाले उद्योगलाई घाटामा राखी  मजदुरको सेवासुविधा बढाउन नसकिने प्रष्ट पारे ।

आन्दोलनका कार्यक्रमहरु :-
माघ १४, १५ र १६ गत्ते (सोमबार, मंगलबार, बुधबार) रिले अनसन बसी विरोध जनाउने ।

माघ १७ गते बिहिबारदेखि अनिश्चितकालिन आमरण अनशनमा बसी विरोध जनाउने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप