शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

मङ्गलबार, १५ माघ २०७५, ०६ : ०९
मङ्गलबार, १५ माघ २०७५

वि.सं.२०७५ साल माघ १५ गते । मंगलबार । ईश्वी सन् २०१९ जनवरी २९ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ कृष्ण पक्ष । तिथि नवमी,३० घडी ४८ पला,बेलुकी ०७ बजेर १६ मिनेट उप्रान्त दशमी । नक्षत्र विशाखा,३२ घडी ०८ पला,बेलुकी ०७ बजेर ४८ मिनेट उप्रान्त अनुराधा । योग गंड,१० घडि ५० पला,बिहान ११ बजेर १७ मिनेट उप्रान्त वृद्धि । करण तैतिल,बिहान ०७ बजेर ३१ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर १६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि तुला,मध्यान्ह ०१ बजेर ४५ मिनेट उप्रान्त बश्चिक । 

काठमाडौंमा सूर्योदय ०६ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४० मिनेट । दिनमान २६ घडी ५५ पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे नाँफा कमाउन सकिने तथा थप लगानि गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुदा मन प्रसन्न रहनेछ । नोकरि पाउने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । साझपख भौतिक सम्पति तथा बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला, समय मध्ययम रहेकोछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथ मावलि पक्षको सहयोग पाईने हुनालेकामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने भएको हुनाले न्याय पाएको अनुभुति हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नया नया काम गर्ने जोस जागर बढेर आउनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पति लाभ हुनेछ भने शेयर बजारमा गरेको लगानि फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय मध्ययम रहेकोले घर जग्गा तथा सवारि साधनको खरिद बिक्रि गर्दा ध्यान दिनुहोला  । राजनीति तथा समाजसेवामा आलोचना सहितको समर्थन प्राप्त हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा ध्यान जाने हुनाले स्कुल कलेजमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । बौद्धिक्ताको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ भने उपाहार प्राप्त हुने योग रहेकोछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिभिन्न अवसरहरुको उपयोग गरि यथेष्ट धन तथा सम्पति कमाउँन सकिनेछ । आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरि नाम तथा दाम कमाउँन सकिनेछ । मनोबल मजभुत हुँने हुनालेशाहशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गतिबिधिमा सम्लग्न भई अगाढि बढ्न सकिनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने जीवनसाथिको सहयोगले नयाँ कामको थालनि गर्न सकिनेछ । साझपख सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा समय थोरै दिएपनि मनग्गे आम्दानि हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । आट पराक्रम बढेर जाने हुनालेजोसिलो काम गर्ने जागर आउँनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको गतिलो समर्थन पाउँने तथा पद प्रतिष्ठा पाउँने समय रहेकोछ । नयाँ काम गरि मनग्गे आम्दानि बढाउँन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मबिश्वासमा बृद्धि हुने हुनालेकाम गर्न आट आउनेछ । समयमा काम गर्न सकिने हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलाशि वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । साझपख पारिवारिक माहोलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ । मध्यान्हबाट पढाई लेखाईमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउँनेछ । समाजमा राम्रा काम गरि नाम कमाउँन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भौतिक सम्पति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफाँ कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानि गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । पढाई लखाईमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । साझपख विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न  सक्नेछन् । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेकोछ भने व्यापारमा समय लगानि गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन् । बुवा तथा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगिहरुले तपाईकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ । साझपख व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफुले पाएको अधिकारलाई भरपुर प्रयोग गरि उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो सस्कार तथा रितिरिवाजमा जोगाउन समय लगानि गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय मध्ययम रहेकोले समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै बिफल हुनुपर्दा तनाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरि चेलि माईतिसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । मध्यान्हबाट समय राम्रो आउँने हुनाले पढाई लेखाईकै सवालमा लामो दुरिको यात्रा हुनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । 

तपाईको दिन शुभ रहोस् ।     

यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न।९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप