शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेलिकप्टर सोसाइटी अफ नेपालको आपत्ति, हिमालमा उद्धारका लागि एकमात्र विकल्प हो हेलिकप्टर

सोमबार, १४ माघ २०७५, १९ : ०३
सोमबार, १४ माघ २०७५

काठमाडौं– हेलिकप्टर सोसाइटी अफ नेपालले केही दिनदेखि विभिन्न संचारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

सोसाइटीले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘हिमालमा उद्धार एकमात्र विकल्प हेलिकप्टर लगायतका विषयमा पर्यटकिय सिजन शुरु हुने वेलामा पुनः सोही प्रकार समाचारहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय समाचार माध्यमहरुमा आई रहेको र नेपालको पर्यटनलाई प्रतिकुल असर गर्ने गरि समाचारहरु आउनु र हेलिकप्टर कम्पनीहरुलाई लान्छना लगाएको प्रति यस हेलिकप्टर सोसाइटी अफ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।’ 

विज्ञप्तीमा उद्धार कार्यमा संलग्न सिमित व्यक्ति, संघसंस्थाको खराव आचरण व्यवहार, गैरकानुनी क्रियाकलापको कारण नेपालको पदयात्रा तथा पर्वतारोहणको क्षेत्र स्वदेश तथा विदेशमा समेत नकारात्मक असर पर्ने तथा राष्टिय अर्थतन्त्रमा विभिन्न समस्याहरु उत्पन्न हुन सक्ने विषयहरुमा सोसाईटी संवेदनशील भएको जनाएको छ ।

देशको विभिन्न स्थानमा पदयात्रा पर्वतारोहणमा रहेका पर्यटकहरुलाई लेक लाग्ने, स्वास्थ्य तथा विपद पर्दा समयमा जीवनरक्षाको लागि तत्काल उद्धार कार्य गर्ने उद्देश्यले सवै हेलिकप्टर कम्पनीका दक्ष प्राविधिकलाई हाई अल्टिच्युड रेष्क्यु सम्वन्धी तालिम गराई उद्धार कार्य गर्दै आई रहेको पनि सोसाइटीले जनाएको छ ।

हेलिकप्टर व्यवसायका सम्वन्धमा विगतमा विभिन्न शिर्षकहरुमा प्रकाशित समाचारका आधारमा नेपाल सरकारले छानविन गर्न नेपालमा हुने पर्यटक उद्धार सम्वन्धी छानविन कार्यदल वनाएको र सो कार्यदलले आफ्नो प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई वुझाई सकेको छ । सरकारले कार्यदलको प्रतिवेदन पश्चात यसलाई व्यवस्थित गर्न पर्यटक खोज, उद्धार, उपचार, तथा अनुगमन सम्वन्धी कार्यविधि २०७५ लागु समेत गरि सकेको  छ । 

सत्य तत्य पत्ता लगाई कार्यवाही गर्न एवं नेपालमा आउने पर्यटकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न तथा नेपालको अर्थतन्त्रलाई मजवुद वनाउन नेपालका सवै हेलिकप्टर कम्पनीहरु दत्तचित्त भई लागि परेको पनि विज्ञप्तीमार्फत सोसाइटीले जनाएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप