तपाईंको दिसाले बच्न सक्छ कसैको ज्यान, दान गर्ने विचार छ ?
मिशेल रोबर्टस्/ बीबीसी
वीर्यदान बारे त तपाईंले सुन्नुभएकै होला तर कहिले दिसा दान गरेको कुरा सुन्नुभएको छ ? सुन्दा अचम्म लाग्ला तर यो वास्तविकता हो ।
३१ वर्षे क्लाउडिया क्याम्पेनेला ब्रिटेनको एक युनिभर्सिटीमा स्टुडेन्ट सपोर्ट एडमिनिस्ट्रेटर हुन् र दिसा दानकर्ता पनि ।
उनी भन्छिन्, ‘मेरा केही साथी सोच्छन् कि यो अचम्मको र घृृणित काम हो । तर मलाई यसको कुनै चिन्ता छैन । यो दान गर्न निकै सजिलो छ । म अहिले भइरहेको मेडिकल अनुसन्धानमा मद्दत गर्न चाहन्छु । मलाई यसमा केही योगदान पुर्याउन सकेकोमा खुसी छ ।’
वास्तवमा, उनको दिसा ‘राम्रो’ बग’ वाला हो । उनको दिसा कुनै रोगीको आन्द्रामा राखेर उपचार गरिनेछ ।
क्लाउडियालाई थाहा छ उनको दान कति उपयोगी छ त्यसैले उनी दिसा दान गर्दै आएकी छिन् । तर उनको दिसा किन यति विशेष छ ?
वैज्ञानिकका अनुसार केही व्यक्तिको दिसामा यस्ता ब्याक्टेरिया हुन्छन् जसको मद्दतले कुनै व्यक्तिको रोगी आन्द्रालाई ठिक बनाउन सकिन्छ ।
‘सुपर पु डोनर्स’:
क्याउडियाका अनुसार उनी आफ्नो दिसा दान गर्न चाहन्थिन् किनभने उनले शाकाहारीको दिसामा यस्तो प्रकारको राम्रो ‘बग’ हुनसक्ने पढेकी थिइन् ।
यद्यपी, शाकाहारी व्यक्तिको दिसाको गुणस्तर मांसाहारीको तुलनामा राम्रो हुन्छ भन्ने कुरा प्रमाणित भने भइसकेको छैन । तर विशेषज्ञले कसैको दिसा ‘सुपर’ हुनुका कारण के होलान् भन्ने बारे अनुसन्धान गरिरहेका छन् ।
डाक्टर जस्टिन ओ’सुलिवन अकल्याण्ड युनिभर्सिटीमा एक मलिक्यूलर बायोलोजिस्ट (आणविक जीवविज्ञानी) हुन् र उनी ‘सुपर पू डोनर्स’ को सिद्धान्तमा काम गरिरहेका छन् ।
के हो ‘सुपर पू’ ?
मानिसको आन्द्रामा लाखौंको संख्यामा ‘गुड’ र ‘ब्याड’ दुबै प्रकारका अनगिन्ती ब्याक्टेरिया हुन्छन् । यी सुक्ष्म जीव एक–अर्कासँग अलग हुन्छन् ।
यद्यपी, चिकित्सा क्षेत्रमा दिसालाई अर्काको आन्द्रामा हाल्ने कुरा निकै नौलो हो तर केही अनुसन्धानले कोही व्यक्तिले दिसाबाट पनि पैसा कमाउन सक्छन् भन्ने प्रमाणित गरेको छ ।
डाक्टर जस्टिन ओ’सुलिवन भन्छन्, ‘यदि हामीले यस्तो कसरी हुन्छ भन्ने कुरा पत्ता लगाउन सक्यौं भने दिसा प्रत्यारोपणको सफलतामा सुधार गर्न सक्छौं र अल्जाइमर, मल्टिपल, स्केलेरोसिस र दमजस्ता सुक्ष्म जीवसँग जोडिएका रोगमा पनि यसको परीक्षण गर्न सकिन्छ ।’
डाक्टर जोन ल्याण्डी वेस्ट हटफोर्डशायर अस्पताल एनएसएच ट्रस्टमा एक कन्सल्टेन्ट ग्यास्ट्रोएन्ट्रोलोजिस्ट हुन् जो मल प्रत्यारोपण इकाईमा मद्दत गर्छन् ।
यसबारे उनी यसो भन्छन्, ‘हामीले अहिलेसम्म कोही व्यक्ति ‘सुपर पू डोनर्स’ कसरी हुन्छन् भन्नेबारे पत्ता लगाउन सकेका छैनौं ।’
‘हामी सधैं दानकर्ता स्वस्थ हुन् र उनीहरुलाई कुनै पनि रोग नलागेको होस् भन्ने कुरा सुनिश्चित गछौं । तर हामी त्यसका सबै सुक्ष्म जीव (माइक्रोबायोम) परीक्षण भने गर्दैनौं ।’
‘यसको पनि परीक्षण गर्नुपर्छ जस्तो मलाई लाग्छ ।’
दिसामा जीवाणुः
डा. ओ’सुलिवनको शोध अनुसार कुनै पनि व्यक्तिको मलमा आफ्नै प्रकारका जीवाणु हुन्छन् जुन अरुका लागि लाभदायक हुनसक्छ । उनको यो शोध फ्रन्टियर्स इन सेलुलर एन्ड इन्फेक्शन माइक्रोबायोलोजीमा प्रकाशित भएको छ ।
डा. ओ’सुलिवन भन्छन्, ‘मल प्रत्यारोपणको नतिजा हेर्ने हो भने दानकर्ताको मलमा भएका विभिन्न प्रकारका जीवाणु निकै महत्वपूर्ण साबित हुन्छन् र जुन बिरामीमा मल प्रत्यारोपण सफल हुन्छ उनीहरुको शरिरमा राम्रा र विविध माइक्रोबायोम पनि विकसित हुन्छ ।’
तर प्रत्यारोपणमा सफल हुने नहुने कुरामा दाता र बिरामीबीच कत्तिको म्याच हुन्छ भन्ने कुरामा निर्भर हुने अनुसन्धानले बताएको छ ।
यो दिसामा भएको ब्याक्टेरियामा मात्र निर्भर हुँदैन ।
‘फिल्टर गरिएका दिसाको प्रत्यारोपणमार्फत बारम्बार झाडा भइरहने केही मामलामा राम्रो नतिजा पनि पाइएको छ । यी बिरामीको मलमा जीवित ब्याक्टेरिया निस्किन्थ्यो जबकी त्यसमा डिएनए र भाइरस रहिरहन्थ्यो ।’
लण्डनको इम्पेरियल कलेजमा माइक्रोबायोमकी विशेषज्ञ डा. जूली म्याकडोनल्ड मल प्रत्यारोपणको सफलता दर बढाउने विषयमा अध्ययन गरिरहेकी छिन् ।
अहिलेको समयमा मल दानको धेरैजसो प्रयोग क्लोस्ट्रिडियम डिफ्फिसिल नामको पेटको संक्रमणका कारण हुने खतरनाक स्थितीको उपचारका लागि गरिन्छ ।
यो संक्रमणले बिरामीको पेटमा त्यतिबेला कब्जा गर्छ जब एन्टिबायोटिकको सेवनका कारण बिरामीको पेटमा भएको राम्रो जीवणु समाप्त भएका छन् । कमजोर आन्द्रा भएका बिरामीका लागि यो घातक हुनसक्छ ।
डा. जुली म्याकडोनल्डको कामबाट यो इशारा पाइन्छ कि मल प्रत्यारोपणलाई कुनै विशेष काममा प्रयोग गर्न सकिन्छ जस्तै कि रोगका कारण गुमेको कुनै कुराको पूर्ती गर्नका लागि ।
उनी भन्छिन्, ‘प्रत्यारोपणले कस्तो काम गर्छ र अब हामीले कस्तो तरिका अपनाउनुपर्छ भन्ने कुरा प्रयोगशालामा पत्ता लगाउने कोसिस गरिरहेका छौं । ’
क्लाउडियाको मानिसहरुले यसबारे आफ्नो सोच परिवर्तन गरुन् र दिसा दानकर्ता हुनेबारे सोचुन् भन्ने चाहना छ ।
‘यसलाई दान गर्न निकै सजिलो र सरल छ । यदि तपाईं यसबारे सोचिरहनु भएको छ भने तपाईं आफ्ना नजिकका अस्पतालसँग सम्पर्क गर्न सक्नुहुन्छ ।’
‘मलाई अस्पतालले एक विशेष डब्बा दिन्छ जसमा म आफ्नो मल जम्मा गर्छु । त्यसपछि जब म काममा निस्कन्छु तब त्यो डिब्बा अस्पताललाई बुझाउँछु । यसका लागि तपाईंले केही कदम थप हिँड्नुपर्छ ।’
क्लाउडिया अब रक्तदान गर्नेबारे पनि सोचिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘मैले अहिलेसम्म यस्तो गरेकी छैन तर म अब रक्तदान गर्नेबारे सोचिरहेकी छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न रकम निकासा दिन निर्देशन
-
वैकल्पिक चिकित्सा सेवाको रणनीति तर्जुमा तयार गर्न सुझाव संकलन गरिँदै