काँग्रेसको अवरोध र नाराबाजीका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित
काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोध र नाराबाजीका बीच संघीय संसदको प्रतिनिधिसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको छ ।
काँग्रेस सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिएका थिए ।
काँग्रेस सांसदहरुलाई प्रक्रिया अघि बढाउन आग्रह गरेको नमानेपछि सभामुख महराले मन्त्री पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिएका थिए ।
काँग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजेपनि मर्यादापालकले रोष्टम पु¥याएका थिए । काँग्रेस सांसदहरुलाई छल्दै मन्त्री पोखरेल रोष्टममा पुगेपछि सत्ता पक्षका सांसदहरुले ढयाप ढयाप गरेका थिए ।
त्यसपछि मन्त्री पोखरेलले सो विधेयक प्रस्तुत गरे । तर विपक्षहरुले अवरोध गरिरहेका कारण सो विधेयकमाथिको छलफलमा सत्तारुढ दलका नेताहरुले भाग लिने अवस्था थिएन ।
सभामुख महराले सो विधेयकमा छलफलमा भाग लिन आग्रह गरेपनि त्यसमा कसैले पनि भाग लिएनन् ।
छलफलमा भाग नलिएपछि मन्त्री पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्ने अनुमति सभामुख महराले दिएका थिए ।
यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले भने विधेयक निर्णयार्थ पेश गरेपछि झनै ठूलो स्वरमा होहल्ला गर्दै चिकित्सा शिक्षा विधेयक पारित नगर्न आग्रह गरेका थिए । तर सत्तारुढ दलको बहुमतमा सो विधेयक सभामुख महराले पारित भएको घोषणा गरे ।
वरिष्ठ चिकित्सक गोविन्द केसीको सहमति विपरितको प्रावधान विधेयकमा राखिएको भन्दै काँग्रेसले त्यसको विरोध गरिरहेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी विहीबार १७ गते दिनको १ बजे बोलाइएको छ ।
याे पनि.....
विधेयक पारित भएपछि काँग्रेसको प्रतिक्रिया : जसले जिस्क्यायो अब त्यो सकियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण