बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलनः माल्भिका सुब्बा भन्छिन्, ‘यस्तो घटनाबारे सुन्दा मेरो रगत तात्छ’

शुक्रबार, ११ माघ २०७५, ११ : २२
शुक्रबार, ११ माघ २०७५

अहिले सामाजिक सञ्जालमा एउटा भिडियोका कारण मानिसहरु निकै आक्रोशित छन् । एक व्यक्तिले ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने अनुमान गरिएको सार्वजनिक यातायातभित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियोका कारण मानिसहरु रुष्ट छन् ।  

अपराध गर्ने व्यक्तिले नै खिचेको उक्त भिडियोमा देखिए अनुसार बस बिसौनीमा बिसाइरहेको एउटा खाली बसमा महिला चढ्दै गर्दा ती पुरुष पनि चढ्छन् र पछाडि बस्न नपाउँदै आफ्नो पाइन्ट खोलेर अनैतिक क्रियाकलाप गर्न थाल्छन् ।

उनले बारम्बार आफ्नो क्यामरा ती महिलातर्फ देखाउँछन् । तर ती महिलालाई आफ्नो पछाडि के भइरहेको छ, त्यसबारे अत्तोपत्तो छैन । महिलाको कपालमा वीर्य स्खलन गरेपछि उक्त भिडियो समाप्त हुन्छ ।

आफूले खिचेको भिडियो सामाजिक संजालमा रवाफका निम्ति अपलोड गरेपछि यसमा थुप्रैले आपत्ति जनाएका छन् । पूर्व मिस नेपाल माल्भिका सुब्बाले पनि यस्ता घट्नाले आफ्नो रगत तताउने गरेको बताइन् ।

उनले बिहिबार आफ्नो आधिकारिक फेसबुकमा लेखेकी छिन्, ‘ पुरुषले सार्वजनिक स्थलमा हस्तमैथुन गरेको भिडियो आफैंले खिचेर प्रतिष्ठाको रुपमा पोष्ट गरेको घटना साँचो हो ? मैले यो भिडियो त हेरेकी छैन तर यसबारे समाचारहरु फैलिरहेका छन् । यस घटनाबारे मूलधार पत्रिकाले कुनै समाचार बनाएका छैनन् र घटनापछि कुनै रिपोर्ट गरिएको बारे पनि कुनै खबर आएका छैनन् । हामीले सार्वजनिक यातायात सुरक्षित बनाउनुपर्छ र महिलालाई लड्न सिकाउनुपर्छ । यस्तो घटनाबारे सुन्दा मेरो रगत तात्छ । ’

उनले अन्तिममा #stopmasturbusing भन्दै ह्यासट्याग पनि प्रयोग गरेकी छिन् । यो ह्यासट्यागको प्रयोग गरेर थुप्रैले उक्त घटनामा आपत्ति जनाएका छन् भने धेरैले निन्दासमेत गरेका छन्  । अंग्रेजीमा ‘मास्टरब्यूज’ भनेको हस्तमैथुनद्वार गरिने यौनहिंसा र दुर्व्यवहार हो ।

माल्भिकाको पोष्टमा अहिलेसम्म दुई सय ८० बढीले कमेन्ट गरेका छन् भने दुई सय बढी सेयर गरिसकिएको छ ।

पवन भट्टराई नामका फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘हेरेर पछुतो लाग्यो । एउटाले गर्दा बदनाम सब पुरुष हुनुपर्छ । सालेलाई फेला पारेर पाता कसेर दिनुपर्छ, सात पुस्ता याद आउनेगरी ता कि अरुले यस्तो काम कहिले नगरुन्, नसोचुन् पनि ।’

यस्तै, जान प्रधानले लेखेका छन्, ‘प्रत्येक सार्वजनिक यातायातमा सिसिटिभी जडान गर्नुपर्छ र सरकारले यो नियम कडाईका साथ लागु गर्नुपर्छ ।’

यस्तै, सबिता बातीले लेखेकी छिन्, ‘मसँग यो घटनाबारे बोल्न केही शब्द बाँकी छैन । यसले लज्जाको सबै सीमा पार गरेको छ ।’

कतिले यो भिडियो नेपालको नभई भारतको भएको बताएका छन् तर कतिले यो नेपालकै भएको दाबी गरेका छन् ।

फेसबुक प्रयोगकर्ता अनिष कुमार खड्काले यो नेपालकै भएको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘यो साँचो हो । अरु ९÷१० वटा भिडियो छ है दिदी यसको । यसले  बढी यस्तो गर्ने ठाउँ चाही 
Location : ढल्कु micro station( स्वभाभगवती पूल नजिकै) हो।’

यस्तै, संजोग खनालले लेखेका छन्, ‘हो, डल्लू एरियामा । अहिलेसम्म यस्तै प्रकृतिका र त्यही एरिया, त्यस्तै गाडीका तीनवटा भिडियो सार्वजनिक भइसकेका छन् ।’

यस्तै आशिष बम्जनले लेखेका छन्, ‘काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा यात्रा गर्न पनि महिलाहरुको लागि जोखिम हुन थालेछन् । कुन चाँही अपराधी होला ! गाडी भित्र जे मनलाग्यो त्यहि गर्ने ?’

नट्टी बाबा नामका अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘सार्वजनिक बस तिम्रो नीजि बाथरुम होइन ।’

समग्र रुपमा सबै प्रयोगकर्ताले भिडियो खिच्ने र अपलोड गर्ने व्यक्तिको जसरी पनि खोजी गरी सजाय दिइनुपर्ने धारणा व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप