मनाङमा जीप दुर्घटना, २ जनाको मृत्यु १० घाइते
लमजुङ– हिमाल पारीको जिल्ला मनाङमा यात्रुबाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।
माथिल्लो मनाङबाट सदरमुकाम चामेतर्फ आउँदै गरेको जीप नेस्याङ गाउँपालिका १, पिसाङ नजिकै बिहीबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो ।
मनाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङकाअनुसार ग १ ज ६६०२ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परेर घटनास्थलमै एक जना र चामेस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा अर्का एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर रुकुमको काँक्री गाविसका २५ बर्षीय विक्रम बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनको उपचारका लागि जिल्ला अस्पताल चामेमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै, घटनास्थलमा अन्दाजी २२/२५ बर्षका एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको सानखत हुन सकेको छैन । घाइते १० जनालाई सदरमुकाम चामे ल्याइएको डीएसपी गुरुले बताए ।
जीप दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनाथलमा सीमा प्रहरी चौकी हुम्डे र जिल्ला प्रहरी कार्यालय चामेबाट इन्सपेक्टर अर्जुन गहतराज खटिएको गुरुङले बताए ।
घटनास्थल सदरमुकाम चामेबाट करिब १५ किलोमिटर उत्तरतर्फ पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म