‘सुनौलो रगत’ जसले बचाउन सक्छ सबैको ज्यान
बीबीसी
सुनौलो रगत । नाम सुन्ने बित्तिकै अमूल्य महसुस हुन्छ । यो रगतको एक दुर्लभ समूह हो जुन संसारमा निकै कम मानिसमा हुन्छ ।
यो रक्त समूह भएका मानिसहरुलाई तपाईंले विशेष स्थानमा राखेपनि वास्तविकता यो हो कि यो उनीहरुका लागि धेरैपटक घातक पनि हुनसक्छ ।
सुनौलो रगत जसलाई भनिन्छ, त्यसको वास्तविक नाम आरएच नल (Rh null) हो ।
यो आरएच नल के हो र यसलाई किन यति मूल्यवान् मानिन्छ ? यसको तुलना किन सुनसँग हुन्छ ? आखिर यो रक्त समूह भएका व्यक्तिलाई के खतरा हुन्छ ?
यी प्रश्नको जवाफ जवाफ जान्नका लागि सुरुमा हामीले रक्त समूहको बर्गीकरण कसरी हुन्छ, त्यसबारे जान्नुपर्छ ।
यसरी तय गरिन्छ रक्त समूहः
जुन रातो रक्त कोसिकाले रगत बनेको हुन्छ त्यसमाथि प्रोटिनको एक पत्र हुन्छ जसलाई एन्टीजन भनिन्छ ।
रक्त समूह ‘ए’ मा एन्टिजन ‘ए’ मात्र हुन्छ, ब्लड ‘बी’ मा ‘बी’ मात्र, ब्लड ‘एबी’ मा दुबै हुन्छन् र टाइप ‘ओ’ मा दुबै हुँदैनन् ।
रातो रक्त कोशिकामा थप अर्को एन्टीजन हुन्छ । यसलाई RhD भनिन्छ । यो एन्टिजन 61 Rh टाइपको एन्टिजनका समूहका हिस्सा हुन् । जब रगतमा Rhd हुन्छ तब यसलाई पोजिटिभ भनिन्छ र यदि छैन भने यसलाई नेगेटिभ टाइप भनिन्छ ।
यसरी सामान्य रक्त समूहको पहिचान गरेर उनीहरुको वर्गीकरण यसरी गरिन्छः A-, B +, B-, AB +, AB-, O + र O- ।
यदि कसैलाई रगत दिनु पर्यो भने उसको रक्त समूहबारे थाहा पाउनै पर्छ ।
यदि नेगेटिभ ग्रुप भएका व्यक्तिलाई पोजिटिभ दाताको रगत चढाइयो भने यो उनीहरुका लागि घातक पनि हुनसक्छ किनभने उनीहरुको शरिरको एन्टिबडिजले यो रगतलाई अस्विकार गर्न सक्छन् ।
यसै कारण O- रक्त समूहलाई ‘युनिभर्सल डोनर’ भनिन्छ किनभने यसमा न त एन्टिजन ‘ए, बी’ हुन्छन् न नै RhD हुन्छ । यस्तो अवस्थामा रगत अस्विकार नभई अन्य समूहको रगतमा मिश्रित हुन्छ ।
खतरनाक ‘सुनौलो रगत’:
यस्तो प्रकारको रगतमा जतिपनि सम्मिश्रण छन्, त्यसमा आरएच नल सबैभन्दा भिन्न छ ।
यदि कसैको रातो रक्त कोसिकामा आरएच (Rh) एन्टिजन नै भएन भने उसको ब्लड टाइप आरएच नल हुनेछ ।
बायोमेडिकल रिसर्च पोर्टल मोजेकमा छापिएको लेखमा पेनी बेलीले लेखेका छन्, ‘यो रक्त समूहको पहिचान सन् १९६१ मा भएको थियो । अष्ट्रेलियाकी मूल निवासी महिलामा यो भेटिएको थियो । उनीपछि अहिलेसम्म संसारभरी ४३ व्यक्तिमा मात्र यो रक्त समूह छ ।’
नेशनल युनिभर्सिटी अफ कोलम्बियामा हेमोटोलोनीमा विशेषज्ञ नतालिया विलारोयाले बीबीसीलाई दिएको जानकारी अनुसार यस्तो प्रकारको रगत वंशानुगत रुपमा पाइन्छ । उनले भनिन्, ‘आमा–बुवा दुबै यो म्यूटेशनको वाहक हुनुपर्छ ।’
आरएच नल रक्त समूह एक वरदान पनि हुनसक्छ र अभिशाप पनि ।
एकातर्फ यो युनिभर्सल ब्लड हो जुन कुनै पनि आरएच टाइपका वा आरएच नभएका दुर्लभ ब्लड टाइपलाई पनि चढाउन सकिन्छ । तर यस्तो निकै कम मामलामा मात्रै गरिन्छ किनभने यो पाउनु लगभग असम्भव छ ।
नेशनल रेफरेन्स ल्याबरेटरीका निर्देशक डाक्टर थिएरी पेरर्डको हवाला दिँदै मोजेकमा लेखिएको छ, ‘अत्यधिक दुर्लभ हुने भएकाले यसलाई सुनौलो रगत भनिएको हो ।’
बेलीका अनुसार यो टाइपको रगत निकै मूल्यवान् हुन्छन् । यो रगतलाई ब्लड बैंकमा कुनै नाम–ठेगाना बिना नै स्टोर गरिएको हुन्छ तर वैज्ञानिकले आफ्नो शोधमा ब्लड स्याम्पल लिने उद्देश्यसहित रक्तदान गर्नेहरुबारे जानकारी जुटाउन प्रयास गरिरहेका छन् ।
महँगो साबित हुनसक्छः
सुनौलो रक्त समूह हुनु कतिपय अवस्थामा महँगो साबित हुनसक्छ । यूएस रेयर डिजिज इन्फर्मेशन सेन्टरका अनुसार जुन व्यक्तिको रक्त समूह आरएच नल हुन्छ, उनीहरुलाई हल्का रक्तअल्पत्ता हुनसक्छ ।
त्यसमाथि उनीहरुलाई रगत नै चढाउनु परे आरएच नल रगत मात्रै चढाउन सकिन्छ जुन खोज्नु परे निकै गाह्रो हुन्छ । यो रक्त समूह भएका व्यक्तिहरु निकै कम हुने भएकाले मात्रै होइन यदि अन्य देशमा कोही रक्तदाता भेटिहाले पनि रगत ल्याउनु निकै गाह्रो काम हुने गर्छ ।
आरएच नल रक्त समूह भएका मानिसहरु ब्राजिल, कोलम्बिया, जापान, आयरल्याण्ड र अमेरिकामा बस्छन् ।
उनीहरुलाई रक्तदान गरिराख्न प्रेरित गरिन्छ । यसले अरुका लागि ज्यान बचाउन त सक्छ नै कुनै बेला आफ्नै लागि पनि ब्लड बैंकमा बचाएर राख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने