बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अष्ट्रेलियामा कार्यरत १ नेपाली युवालाई ८ महिनाको जेल सजाय सुनाइयो

बुधबार, ०९ माघ २०७५, १९ : ५६
बुधबार, ०९ माघ २०७५

काठमाडौं– अष्ट्रेलियामा कार्यरत एक नेपाली युवालाई  त्यहाँको अदालतले ८ महिना जेल सजाय सुनाएको छ। कार्यस्थलमा एक वृद्धमाथि कुटपिट गरेको अभियोगमा
नेपाली युवा प्रकाश पौडेललाई ८ महिनाको जेल सजाय सुनाइएको हो ।

एजकेयरमा एआइएनका रूपमा कार्यरत पौडेलमाथि  सिड्नीको म्यानलीस्थित अदालतले दोषी ठहर गर्दै सो निर्णय गरेको जनाइएको छ । 

उत्तरी सिड्नी क्षेत्रको नर्सिङ होमस्‌मा कार्यरत ३६ वर्षीय पौडेलले ८२ वर्षीय वृद्धमाथि हातपात गरेका भिडियो र तस्विरहरु सार्वजनिक भएका थिए ।  तर पौडेलले चार महिनापछि बेलका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

डिमेन्सीया रोगीका रूपमा रहेको वृद्धलाई उपचारका क्रममा केयरटेकर पौडेलले हातपात गरेको भन्दै सम्बन्धित परिवारले भिडियो सार्वजनिक गरेको थियो । भिडियो सार्वजनिक भएलगत्तै उक्त परिवारले अदालतमा मुद्धा दायर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप