बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चिसो काठमाडौंमा पानी बर्सियो, चन्दागिरी र फूलचोकीमा हिउँ (फोटोफिचर)

बुधबार, ०९ माघ २०७५, १० : २४
बुधबार, ०९ माघ २०७५

काठमाडौं– मौसममा आएको बदलीका कारण आज काठमाडौं उपत्यकासहित देशका मध्य र पश्चिमका अधिकांश भागमा वर्षा भएको छ ।

 विशेषगरी देशको मध्य र पश्चिम क्षेत्रका धेरैजसो स्थानमा बुधबार बिहानैदेखि वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभरकै मौसममा बदली भइ बादल आकाशमा लाग्नुका साथै वर्षा हुनेछ । 

पश्चिमी वायु पूर्व सर्ने क्रम रहेकोले वर्षा भइरहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् । उनका अनुसार बुधबार बिहानको मापन अनुसार काठमाडौमा सवैभन्दा बढी वर्षा भएको छ । त्यस्तै पूर्वका उच्च हिमाली क्षेत्रमा बर्षासहित हिमपात समेत भएको छ । 

काठमाडौमा १० दशमलव १ मिलिमिटर पानी परेको छ । त्यस्तै सवैभन्दा कम पूर्वी जिल्ला ओखलढुङगामा ० दशमलव १ मिलिमिटिर पानी परेको छ । 

मध्य तथा पश्चिम क्षेत्रमा आज रातीसम्म नै पानी पर्ने र बुधबार मध्यरातीबाट विस्तारै पुर्व क्षेत्रमा मौसम सर्दै जानेछ ।  

बिहीबार देशको मौसममा केही सुधार आउने भएपनि शुक्रबारबाट पश्चिमबाट अर्को बायु नेपाल प्रवेश गर्ने भएकाले पुन वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

देशका अधिकांश भागमा वर्षा भएपनि तापक्रममा भने खासै परिवर्तन नआएको विभागले जनाएको छ । 

मङ्गलबार पनि सुदूर र मध्यपश्चिम क्षेत्रका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्नुका साथै हिमपातसमेत भएको थियो ।

यसैबीच उपत्यकाकाे फूलचाेकी र चन्द्रागिरीमा हिँउ परेकाे छ । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप