शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माघ ८ गते : पाँच नम्बर प्रदेशका हेडलाइन, कहाँ के भयो ?

मङ्गलबार, ०८ माघ २०७५, २१ : १०
मङ्गलबार, ०८ माघ २०७५

संवैधानिक परिषद्माथि चुनौती दिनु अधिनायकवादको प्रमाण : काग्रेस नेता पौडेल
 
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विपक्षी दलको नेताको अनुपस्थितीमा संवैधानिक परिषदको बैठकले निर्णय गर्दे अधिनायबादको लादेको आरोप लगाएका छन् ।

प्रजातन्त्रीक विचार समूह रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रमा बोल्दै उनले सरकारले विपक्षी दलको नेता बिना संवैधानिक परिषदको बैठक बसेर विभिन्न आयोगमा नियुक्ती गरेकोमा आपत्ति समेत जनाएका हुन् ।

उनले भने, ‘सरकारले विपक्षी दलको नेता बिनाको बैठक राखेर संविधानको मर्ममाथि प्रहार गरेर संवैधानिक व्यवस्थालाई चुनौती दिने काम भएको छ । यो संवैधानिक परिषद्माथि चुनौति दिएर आफ्ना मान्छे नियुक्ती गर्ने काम आपत्तिजनक छ ।’ 

१ अर्ब ३५ करोड भन्दा बढीको राजश्व चुहावटमा २४ जना विरुद्द मुद्दा दायर

राजश्व अनुसन्धान कार्यालय बुटवलले २४ जनाविरुद्द चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३५ करोडभन्दा बढी माग दाबी गरेर मुद्दा दायर गरेको छ । 

विभिन्न १२ वटा फर्म र २४ जना व्यक्तिसँग १ अर्ब ३५ करोड  ३० लाख ३० हजार ८ सय २४ सजाय माग दाबी गरेर बुटवल कार्यालयले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।   

नक्कली कम्पनी खडा गरेको, नक्कली विलबिजक बनाई सामान बिक्री गरेको, एउटै प्रज्ञापनपत्र पटक–पटक प्रयोग गरेर मालसामान ओसारपसार गरेको जस्ता प्रमाण पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।  

बबईमा १० किलोमिटर तटबन्ध 

बबई नदीले कटान गरेको दाङ क्षेत्रमा पर्ने करिब १० किलोमिटर तटबन्ध निर्माणको काम पूरा भएको छ । 

नदीले खेतयिोग्य जमीन कटान गर्न थालेपछि आर्थिक वर्ष २०६६÷६७ मा जनताको तटबन्ध लमही कार्यालय स्थापना गरी नदीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण गर्न थालिएको हो ।

दाङ खण्डमा बबई नदीले कटान गरेको दुवै किनारा गरी करीब २० किलोमिटर क्षेत्रमा चालु आर्थिक वर्षभित्र तटबन्ध गर्नुपर्ने हो तर अहिलेसम्म करीब १० किमी बढी हुन नसकेको जनताको तटबन्ध लमहीका प्रमुख विनोद चापागाईंले जानकारी दिए ।

गुल्मीमा क्षय रोग सम्वन्धि सर्वेक्षण सुरु 

गुल्मीका गुल्मीमा राष्ट्रिय क्षयरोग प्रिभेलेन्स सर्वेक्षण अभियानको सुरु भएको छ । अभियानको रेसुङ्गा नगरपालिका वडा नम्बर १० बाट सुरुवात गरिएको छ । 

नेपालमा अझै पनि क्षयरोग लागेका बिरामीको संङ्ख्या थाहा नभएकोले तथ्याङ्क निकाल्नको लागि क्षयरोग प्रिभ्यालेस सर्वेक्षण हुने भएको हो । सर्वेक्षणको लागि राष्ट्रिय क्षयरोग केन्द्रमा कार्यरत धिरेन्द्र शाहीको नेतृत्वमा २८ जनाको समुह गुल्मी आएको छ ।

रेसुङ्गा नगरपालिका वडा नम्बर १० का साविकका वडा नम्बर ३ र ५ का १५ बर्षभन्दा माथिका नागरिमाथि जाँच गरिनेछ । सर्वेक्षणको लागि जाँज गराउन आएको व्यक्तिको पहिले एक्सरे गर्ने र फोक्सोमा दाग देखिए उसको खकार जाँच गरि क्षयरोग भए/नभएको पत्ता लगाइने आयोजकले बताएको छ । 

  माघ ७, ८ र ९ गते गरी तिनदिनसम्म गरिने कुल ६०७ जनामाथि सर्वेक्षण गरिने टिम संयोजक शाहीले जानकारी दिए । 

नवलपरासीमा आगलागी एक घर जलेर नष्ट

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा ६ मा आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ । आज हरिनारायण कोहारको चुलो बाट सल्केर आगो लागेको स्थानीयले बताएका छन् ।

आगलागीबाट घरभित्र रहेका एक गाई, एक गोरु, दुई थान साईकल, २० वटा कुखुरा, धान, चामल, पिठो, पानी चलाऊने पम्पुसेट, आवश्यक कागजातहरु जलेर नष्ट भएको प्रहरी चौकीगुठी परसौनीले जनाएको छ । 

आगोलाई स्थानिय, शसस्त्र प्रहरी गुठी परसौनी,र प्रहरीको सहयोगमा नियन्त्रण गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप