शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिएको आरोपमा कर्मचारी पक्राउ

मङ्गलबार, ०८ माघ २०७५, २० : ३४
मङ्गलबार, ०८ माघ २०७५

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालयबाट खटिएको टोलीले आज दिउँसो बाँके जिल्ला मालपोत कार्यालयका एक कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । 

आयोगको नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरेका अनुसार मालपोतका खरिदार सञ्जयकुमार ठाकुरलाई सेवाग्राहीवाट रु ५० हजार घुस लिएको आरोपमा पक्राउ गरिएको हो । 

पक्राउ गरिएका आरोपी कर्मचारी ठाकुरमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप