शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुटिन र आबेबीच मस्कोमा भेट, विवादित कुरिल टापूबारे वार्ता केन्द्रित हुने

मङ्गलबार, ०८ माघ २०७५, २० : २२
मङ्गलबार, ०८ माघ २०७५

मस्को । रूसी तथा जापानी शीर्ष नेतृत्वबीच मङ्गलबार मस्कोमा भेट भएको छ । उनीहरूको भेट विश्वयुद्धको अन्तिम समयतिर तत्कालिन सोभियत संघले नियन्त्रणमा लिएका जापानी टापूबारे दुई देशबीच रहँदै आएको विवाद समाधान गर्ने पहल स्वरूप भएको बताइएको छ । 

जापानका चार कुरिल टापूहरू, जसका कारण रूस र जापानबीच विश्वयुद्धको औपचारिक अन्त्य गर्दै शान्ति सम्झौता हुन सकेको छैन, मा केन्द्रित भएको बताइएको छ । वार्ताबाट विवादबारे कुनै ‘ब्रेकथ्रु’ भइहाल्नेमा दुवै देशका अधिकारी विश्वस्त छैनन् । किनकी रूसले युद्धबाट जितेको भनेको टापूहरूलाई सहजै फिर्ता गर्ने सम्भावना छैन भने जापानले आफ्नो भूभाग गुमेकै अवस्थामा रूससँग घुँडा टेक्ने पनि उत्तिकै अस्वभाविक मानिएको छ । 

विवादका विषयमा सन् २०१३ पछि रूसी राष्ट्रपतिका रूपमा पुटिन र जापानी प्रधानमन्त्रीका रूपमा सिन्जो आवेबीच विभिन्न अवसरमा २५ पटक भेट भएको छ । उनीहरूबीचको सहकार्य गर्ने प्रयासमा सधैँ कुरिल टापूहरू, जुन ओखोस्क समूद्र र प्रशान्त महासागरबीच रहेका छन्, नै तगारो बन्ने गरेका छन् । 

करिब सात दशकदेखि कुरिल टापूलाई मस्कोको अधिकार क्षेत्रका रूपमा मान्यता दिन अस्वीकार गरेपछि विवादले निकास नपाएको हो । 

बन्द कोठामा वार्ता शुरु हुनुपूर्व रूसी राष्ट्रपति पुटिनले आवेलाई दुवै पक्षका कूटनितिज्ञले वार्ता र शान्तिका लागि सहमतिका बिषयमा प्रशस्त काम गरेको बताउनुभएको थियो भने आवेले आफू रूससँग सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताएका थिए । 

गत नोभेम्बरदेखि उनीहरूको राम्रो व्यक्तिगत तथा कूटनीतिक सम्बन्धका वाबजुद पनि दुई देशका राजधानीबाट केही दिन पहिले निस्केका विज्ञप्तिले उनीहरूबीच सम्झौता हुन अझै धेरै टाढाको बिषय हुने विश्वास गरिएको छ । 

रूसको एउटा स्वतन्त्र सर्वेक्षणमा कुरिल टापू जापानलाई फर्काउने बिषयमा ७४ प्रतिशत नागरिकले प्रस्तावको विपक्षमा देखिएका थिए भने १७ प्रतिशतले शान्ति सम्झौताका लागि रूसले जापानी भूमि फिर्ता गनुपर्ने बताएका थिए । 

तर जापानी प्रधानमन्त्रीले नयाँ बर्षको अवसरमा रूसी नागरिकले अव उनीहरूको वस्तीमाथिको अधिकार परिवर्तन हुने कुरालाई स्वीकार गर्नुपर्ने बताउनु भएको थियो । उक्त बिषयलाई लिएर मस्कोले जापानी अधिकारीको प्रस्तावको आवेगपूर्ण प्रतिक्रिया दिएको थियो । 

रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले जापानले कुरिल क्षेत्रलाई आफ्नो ‘उत्तरी भूमिका रूपमा’ लिन छोडिदिनुपर्ने भन्दै वासिङटनसँगको जापानको सैन्य गठबन्धन सहमतिका लागि बाधक बनेको बताएका थिए । 

उनले सोधे, ‘टोकियोले कुरिलमाथिको अधिकार रूसको भएको स्वीकार्नु पर्ने लाभरोभको भनाइ थियो । विश्वको एक मात्र देश जापानले किन विश्वयुद्धको परिणामलाई स्वीकार्दैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप