स्वास्थ्यमन्त्रीको निर्देशनमा किरिया घरमै पुगेर नमूना संकलन
काठमाडौ । चिकित्सकहरुको टोलीले काठमाडौंको चाबहिलमा किरिया बसेका परिवारहरूको स्वास्थ्यमा देखिएको स्वाईनफ्लूको नमूना संकलन गर्नुका साथै स्वास्थ्य चेकजाँच गरेको छ ।
काठमाडौं धोवीखोला घर भएका ५० वर्षीय एकजना व्यक्तिको ‘एन्फुलुएञ्जा– ए’का कारण सोमबार मृत्यु भएपछि घरपरिवारका आफन्तले किरिया बसेकै स्थानमा आएर उपचार र नमूना संकलन गर्न आग्रह गरेका थिए ।
स्वाईनफ्लूले मृत्यु भएका व्यक्तिका आफन्तहरू चावहिलमा काजकिरियामा बसेका छन् । विभागको चिकित्सकहरूको टोलीको नेतृत्व गरेर गएका डा।प्रकाश शाहले एकजना बच्चासहित छ जनाको नमूना संकलन गरिएको छ । ‘घाँटीका साथै विभिन्न परीक्षणहरू गरेका छौँ’, उनले भने, ‘अरु नमूना पनि संकलन गरिएको छ । अहिले नै त्यस्तो डराइ हाल्नुपर्ने अवस्था छैन । तर, सर्तक रहनुपर्छ ।’
डा।शाहले भने, ‘कसैलाई रुघा खोकी र ज्वरो आएको छ भने भने ढिला नगरेर नजिकको अस्पताल वा स्वास्थ्य चौकीमा पुगेर चेकजाँच गराउनु पर्छ । हेलचेक्राइ गर्नु हुँदैन ।’
हिमाल अस्पतालमा उपचार गराउने क्रममा ती ५० वर्षीय व्यक्तिको मृत्यु ‘एन्फुलुएञ्जा– ए’बाट मृत्यु भएको रिपोर्ट आएपछि परिवारजनले सर्तकता अपनाएका हुन् ।
सो विषयमा जानकारी पाएपछि उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकहरूको टोलीलाई निर्देशन दिएर उपचारमा कुनै कसर बाँकी नराख्न भनेका थिए । स्वास्थ्यमन्त्री यादवको निर्देशन लगतै चिकित्सकको टोली मंगलबार साँझ किरिया बसेको ठाउँमा पुगेर स्वास्थ्य परीक्षण एवं नमूना संकलन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने