शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विमानसँगै वेपत्ता भए अर्जेन्टिनी फुटबलर

मङ्गलबार, ०८ माघ २०७५, १९ : ५४
मङ्गलबार, ०८ माघ २०७५

एजेन्सी– अर्जेन्टिनी फुटबलर एमिलियानो साला आफू चढेको विमानसँगै बेपत्ता भएका छन्। इङ्लिस क्लब कार्डिफ सिटीमा आबद्ध भएको एक दिनपछि नै उनी वेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।   

२८ वर्षीय साला चढेको विमान सोमबार रातिदेखि च्यानल आइल्यान्ड्सबाट हराएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।  उनी शनिबार मात्र फ्रान्सेली क्लब नान्टेसबाट इङ्लिस क्लब कार्डिफ सिटीमा प्रवेश गरेका थिए ।

उनका लागि कार्डिफ सिटीले एक करोड ५० लाख पाउन्ड खर्चिएको थियो। विमानको खोजी कार्य भैरहेको फ्रान्सको नागरिक उडड्यन अधिकारीहरुले जनाएका छन् । विमानमा अर्जेन्टिनी स्ट्राइकर सालाका अतिरिक्त अर्का एक ब्यक्ति पनि रहेको जनाइएको छ । 

सोमबार राति च्यानल आइल्यान्ड्समा पुगेपछि साला चढेको विमानको सम्पर्क टावरसँग टुटेको सञ्चारमाध्यमहरुले जनाएका छन् । 

नान्टेसबाट साँझ ७ः१५ बजे उडेको उक्त विमानको जर्सी एयर ट्राफिक कन्ट्रोलसँग अन्तिम पटक सम्पर्क भएको थियो। त्यतिबेला विमान पाँच हजार फिटको उचाइमा उडिरहेको र विमानका चालकले आपतकालीन अवतरणको अनुमति मागेको बताइएको छ।

टावरसँग सम्पर्क विच्छेद हुँदा भने विमान दुई हजार तीन सय फिटको उचाइमा थियो। विमान अहिलेसम्म नभेटिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।   उनी यो सिजन सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा केलियन एमबाप्पे र निकोलस पेपेपछि तेस्रो स्थानमा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप