बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा’ योजनामा १ सय २० जना विजेता घोषणा

मङ्गलबार, ०८ माघ २०७५, १८ : ३०
मङ्गलबार, ०८ माघ २०७५

काठमाडौं–शिवम् सिमेन्टको “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” उपभोक्ता योजना अन्तर्गतको हेलिकप्टरबाट काठमाण्डौं–गोसाईकुण्ड देव दर्शन यात्राको दोस्रो चरणमा १२० जना विजेताहरुको नाम सार्वजनिक भएको छ ।

यस अघि लक्की–ड्र मार्फत ६० कुपनबाट १२० जना छनौटमा गरिएको थियो । दोस्रो चरणको लक्की–ड्र नेपाल भरबाट संकलित कुपनमध्येबाट पत्रकार सम्मेलन गरी ६० जना भाग्यशाली बिजेताहरुको नाम सार्वजनिक गरिएको थियोे ।

जस मध्ये प्रत्येक कुपन वापत २ जना विजेता गरि १२० जनाले हेलिकप्टरबाट गोसाईकुण्ड जान सक्नेछन् । यस योजनामा हालसम्म १२० कुपन मार्फत २४० जना छनौट भई सकेका छन् भने अझै २४२ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको छ । 

शिवम् सिमेन्टले यहि पुस ५ गते देखी “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो ।

जस अन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि हात खाली नहुने उपहार १०० देखि १००० सम्म नगद २.५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप