सुपर भोक–ओपोको फ्ल्याश चार्जिङले पायो मान्यता
काठमाडा– सुपर भोक–ओपोको फ्ल्याश चार्जिङले पायो मान्यता पाएको छ ।
प्रसिद्ध अन्तराष्ट्रिय सेफ्टी अथोरिटी, टीयूभी ह्रायनल्याण्ड, जर्मनीले ओपो ईलेक्ट्रोनिक्सको स्वामित्व अन्तर्गतको ¥यापिड चार्ज प्रविधि, भोल्टेज ओपन लुप मल्टि–स्टेप कन्स्ट्यान्ट–करेन्ट चार्जिङ (भोक)लाई मान्यता प्रदान (सर्टिफाइड) गरेको छ ।
सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले नेपालमा पनि भरखरै सार्वजनिक ओपो एफनाइन मार्फत यो प्रविधि उपलब्ध गराइसकेको छ । हाल विश्वभर १० करोड भन्दा बढी स्मार्टफोनमा यो प्रविधिको प्रयोग भइसकेको छ ।
दैनिक प्रयोगमा सुरक्षाको सुनिश्चितताका लागि ब्याट्री तथा चार्जिङ साइकलको महिनौको परिक्षणपनि गरिएको बताइएको छ । चार्जिङ शक्तिलाई बृहत्त ५० वाट (१०भी ५ए) सम्म पु¥याउने सुपर भोकलाई यस प्रमाणिकरणले बास्तवमै सुरक्षित प्रमाणित गरिदिएको छ ।
प्रमाणिकरण प्रक्रिया अन्तर्गत औद्योगिक आवश्यकता अधिक १ हजार ट्रायल परिक्षण, ६ सय स्वतन्त्र फास्ट चार्ज÷डिस्चार्ज ब्याट्री लाईफ परिक्षण र चार्जिङ टर्मिनल्समा १० हजार हट प्लग परिक्षण गरिएको जानकारी दिइएको छ । यी परिक्षण र नतिजाले मोबाइलको फास्ट चार्जिङ प्रविधि सुरक्षित र विश्वासिलो रहेको प्रमाणित गरेको छ ।
वैश्विक प्रमाणिकरण र ब्यापक बौद्धिक सम्पत्ति रणनीतिक साझेदारीहरुका साथमा ओपोले उपभोक्ताका लागि थप सुरक्षित र सरल फ्ल्याश चार्जिङ अनुभव दिइरहेको छ । सुपरभोक प्रविधिका साथमा स्मार्टफोनले मात्र १० मिनेटको अन्तरालमा फोनको ब्याट्रीलाई ४०% सम्म चार्ज गर्ने क्षमता पाउँछन् ।
सुपरभोक फ्ल्याश चार्जले ५ तहको सुरक्षापनि प्रदान गर्छ । यसले फोन चार्जमा रहेको अवस्थामा सुरक्षाको सुनिश्चितता प्रदान गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै