कानूनी अवरोधको गाँठो फुकाउन माग
काठमाडौँ । भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह गरिएको छ ।
एघार वर्ष पहिले सर्वोच्च अदालतले संस्कृति मासिएको भन्दै गुठी जग्गालाई रैकरमा परिणत गर्न नमिल्ने फैसला गरेको थियो । विसं २०६४ माघ १० मा सर्वोच्च अदालतको फैसला आएपछि नेपाल राष्ट्र बैंकले गुठी जग्गामा लगानी नगर्न मातहतका वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले बैठकमा संविधान अनुकूल कानून निर्माण गरी गुठी जग्गालाई रैकरमा परिणत गर्ने र जग्गाको मालिक किसानलाई बनाउन सरकार अघि बढिसकेको जानकारी दिए । कार्यदलका सदस्य राजबहादुर बुढाले जग्गा रैकरमा परिणत नहुँदा किसानले कृषि अनुदान नपाएको गुनासो गरे ।
संस्थानका प्रशासक दीपकबहादुर पाण्डेले गुठी संस्थानसँग २२ थरीका गुठी जग्गा, ७१७ मठ मन्दिर र ४३१ देवस्थल रहेको जानकारी दिए । उनका अनुसार संस्थानले घरबहाल मालपोत र अन्य कुतबाट यस आर्थिक वर्षमा रु २४ करोड आम्दानी गरेको छ भने संस्थानको सरकारसँग रु ३५ अर्ब विभिन्न बक्यौता उठ्न बाँकी छ ।
बैठकमा कार्यदलका सदस्यहरु सत्यनारायण शर्मा खनाल, घनश्याम खतिवडा, सीतादेवी यादव, शान्तिमाया तामाङ, सुरेशचन्द्र दास र दलबहादुर रानाले जग्गाको मालिक किसानलाई बनाउन छिटो कानून बनाउनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म