बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

औषधि उत्पादक संघले हेल्थ एक्स्पो गर्दै

मङ्गलबार, ०८ माघ २०७५, १६ : ५६
मङ्गलबार, ०८ माघ २०७५

काठमाडौँ । नेपाल औषधि उत्पादक संघले आउदो फागुन १७ देखि १९ गतेसम्म ‘मरणोपरान्त अंगदानको लागि सामाजिक अभियान सहितको नेपाल फर्मा तथा हेल्थ एक्स्पो’ को आयोजना गर्ने भएको छ । 

एक्स्पोमा नेपालमा उत्पादन गर्दै आएका औषधी र औषधी उत्पादनमा प्रयोग हुने प्रविधिका साथै ल्याबका बारेमा जानकारी गराइने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

 नेपालमा हाल प्रत्येक वर्ष ३५ प्राविधिक कलेबाट करिव १५ सय औषधि प्राविधिक र ५ सयको हाराहारीमा फर्मासिस्ट उत्पादन हुँदै आएको छ ।

२ सय स्टलहरु रहने एक्स्पोमा औषधि क्षेत्रमा नयाँ प्रविधिका खोज गरिरहेका विभिन्न ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० भारतीय र १० चिनियाँ कम्पनी सहभागी हुनेछन् ।  साथै एक्स्पोमा नीजि क्षेत्रका १० वटा अस्पताले समेत भाग लिनेछन् । 

नेपालमा औषधि उत्पादन गर्ने कम्पनीले दिनमा ६ देखि ७ घण्टा मात्रै काम गर्दै आईरहेको र सरकारले उत्पादनमा सहयोग गर्ने हो भने नेपालको माग धान्नलाई नेपाललेनै सक्ने संघले जनाएको छ । 

 यो वर्षको एक्स्पोमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले मरोणपरान्त अंगदान गर्नुपर्ने महत्वको बारेमा जानकारी गराउने र एक्स्पोमा एक हजार जनाले अंगदान गर्ने विश्वास आयोजकको रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप