बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक दर्जन बैंकको ऋणमा नयाँ ब्याजदर : बेस रेट घट्न थाल्यो, कसको कति छ  ?

मङ्गलबार, ०८ माघ २०७५, १६ : २१
मङ्गलबार, ०८ माघ २०७५

काठमाडौं–चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक सकिएको छ । बैंकहरुले प्रत्येक तीन—तीन महिनामा नयाँ ब्याजदर सार्वजनिक गर्दै आएका छन् । पुस मसान्त सकिएपछि केही बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । आइतबार एभरेष्ट बैंक र एसबीआई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरे । 

एभरेष्ट बैंकको आधारदर ८.२२ प्रतिशत र एसबीआईको ९.८२ प्रतिशत रहेको छ । यसअघि एभरेष्टको ८.८० प्रतिशत र नेपाल एसबिआइको १०.४३ प्रतिशत थियो ।  

बैंकको आधारदर घट्नु भनेको बैंकले प्रवाह गर्ने कर्जाको ब्याजदर कम हुनु हो । अब ऋणको ब्याजदर पनि घट्न थालेको हा बैंकहरुले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकबाट कर्जाको ब्याजदर घट्ने छनक देखिएको छ ।

 केही बैंकको आधारदर पनि घटेको छ भने केहीको यथावट र केहीको थोरै वृद्धि छ । 

सानिमा, सनराइज, कुमारी, सिभिल, हिमालयन, माछापुर्छ्रे,  सिटिजन्स बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक लगायत झण्डै दर्जन बाणिज्य बैंकले ब्याजदर सार्वजनिक गरेका छन् । 

 सानिमा बैंकबाट कम ब्याजदरमा कर्जा पाइने देखिएको छ । यसको बेस रेट ९.५० प्रतिशत छ । अघिल्लो त्रैमासमा साढे १० प्रतिशत रहेको थियो । यद्यपि, कुमारी बैंकको भने ११.५५ प्रतिशत आधारदर छ । अघिल्लो त्रैमासमा ११.१७ प्रतिशत थियो । यसको आधारदर थोरै बढेको छ । 

 यता ग्लोबल आइएमइले पनि मंगलबार नयाँ व्याजदर सार्वजनिक गरेको छ । यसले ऋणमा ०.५ प्रतिशत देखि ६ प्रतिशतसम्म ब्याजदर लिनेछ । यो ब्याजरदर बैंकको आधारदरमा जोडिनेछ ।  पुस मसान्तसम्म ग्लोबल आइएमइको बेस रेट १०.९ प्रतिशत रहेको छ । 

यस्तै नेपाल बंगलादेश बैंकले पनि आजैबाट (मंगलबार) लागु हुने गरी कर्जाको नयाँ ब्याजदर कायम गरेको छ । यसको पनि १ प्रतिशत देखि ८ प्रतिशतसम्म व्याजदर कायम छ । यो ब्याजदर  यसको बेस रेट १०.८२ प्रतिशतमा जोडिन्छ ।  

सोमबार (हिजो) नयाँ ब्याजदर प्रकाशित गरेको हिमायलन बैंकको बेस रेट ९.११ प्रतिशत रहेको छ ।  यसले बेस रेटमा ५.७५ प्रतिशतसम्म जोडेर कर्जाको ब्याजदर लिने गर्छ । 

यता, माछापुछ्रे बैंकको बेस रेट १०.९९ प्रतिशत रहेको छ । बेस रेटमा ३ प्रतिशत देखि ६ प्रतिशतसम्म ब्याज जोडिएर कर्जा पाइने बैंकले जनाएको छ । 

सिभिलको ११.३१ प्रतिशत छ । यसले आजैबाट लागु हुने गरेर नयाँ ब्याजदर पनि सार्वजनिक गरेको छ । 

यसले २ प्रतिशतदेखि ६ प्रतिशतसम्मको कर्जा प्रदान गर्ने छ । यसमा आधारदर जोडिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप