बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

१ अर्ब ३५ करोड भन्दा बढीको राजस्व चुहावटमा २४ जना विरुद्द मुद्दा दायर, को–को परे ?

मङ्गलबार, ०८ माघ २०७५, १६ : ०६
मङ्गलबार, ०८ माघ २०७५

काठमाडौं–राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्व ३५ करोड भन्दा बढी माग दाबी गरेर मुद्दा दायर गरेको छ । 

विभिन्न १२ वटा फर्म र २४ जना व्यक्तिसँग १ अर्ब ३५ करोड  ३० लाख ३० हजार ८ सय २४ सजाय माग दाबी गरेर बुटवल कार्यालयले उनीहरु  विरुद्ध मुद्दा दायर गरेको हो ।   

नक्कली कम्पनी खडा गरेको, नक्कली विलबिजक बनाइ सामान बिक्रि गरेको, एउटै प्रज्ञापनपत्र पटक पटक प्रयोग गरेर मालसामान ओसार पसार गरेको जस्ता प्रमाण पाइएपछि उनीहरु विरुद्ध मुद्दा दायर भएको हो ।  

अर्को  व्यक्तिको नाममा फर्म दर्ता गराई भन्सार चोरी पैठारी गरी समानान्तर, झुट्टा एवं नक्कली मूल्य अभिवृद्धि कर विजकबाट सामान बिक्री गरी राजस्व छलेको आरोपमा राजस्व अनुसन्धान कार्यालय बुटवलले शिव इन्ट्रप्राइजेजका नवराज प्रसाद खनाल र सशांक खनाललाई जनही ४९ करोड ३२ लाख ७९ हजार ६ सय ५७ र कमला रसाइलीलाई  २४ करोड ६६ लाख ३९ हजार ८ सय २८ रुपैयाँ सजाय माग दाबि गरी जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको छ । 

त्यस्तै रूपन्देही जिल्ला अदालतमा नै लक्ष्मी इन्टरप्राइजेजका घनश्याम यादवलाई भन्सार छलेको आरोपमा मुख्य प्रतिवादी बनाई २० लाख १५ हजार ९१२ रुपैयाँ जरिवाना र ३ बर्ष कैद सजाय माग दाबी सहित मुद्दा दायर गरिएको छ ।  

सोही मुद्दामा राजस्व चुहावटमा सहयोग गरेको आरोपमा पशुपति ट्रान्सपोर्ट भैरहवा शाखाका म्यानेजर कृष्ण गुप्ता र जितेन्द्र मल्लाहलाई जनही १० लाख ७ हजार ९५६ रुपैयाँ र डेढ बर्ष कैद सजाय माग दाबि गरी मुद्दा दायर गरिएको बुटवल भन्सार कार्यालयले जनाएको छ । 

रुपन्देही जिल्ला अदालतमा नै पटेल ट्रेडर्सका ओम नारायण पटेल र अजय कुमार सिंहलाई एउटै प्रज्ञापन पत्र पटक पटक प्रयोग गरी मालसामान ओसार पसार गरेको आरोपमा सहित जनही १ करोड १५ लाख ८० हजार ६४२ रुपैयाँ र ३ बर्ष जेल सजाय माग दाबी गरि मुद्दा दायर गरिएको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा मूल्य अभिवृद्धि कर र आय कर छलीको आरोपमा कविर अटो मोबाइलका हरप्रित कौरलालाई आरोपी बनाइ १ करोड २५ लाख ३ हजार २ सय ३२ रुपैया माग दाबि गरेर रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ  भने भन्सार चोरी पैठारीको आरोपमा सद भवन हरिजन र कनैया हरिजनलाई जनही ४ लाख ९९ हजार ८ सय र सागर थापा र अजय चौधरीलाई  जनही  ६ लाख २३ हजार ८ सय  सजाय माग दावी गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
त्यस्तै भन्सार छलीको आरोपमा  सन्दीप अधिकारीलाई मुख्य अभियुक्त मानी   २४ लाख ७५ हजार  ८ सय ५४ रुपैयाँ र सोही मुद्दामा रिखीराम थापा र असफाक हुसेनलाई मतियार मानि जनही १२ लाख ३७ हजार ९ सय २७ रुपैयाँ सजाय माग दाबि गरी  रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको राजस्वव अनुसन्धान कार्यालयले जनाएको छ । 

यता रुपाल ट्रेडर्सका विवेक राज जोसीलाई भन्सार छलीको आरोपमा ४४ लाख ८९ लाख ९ सय ४४ रुपैया माग दावि गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरीएको छ । त्यसै गरी जयमातादी ट्रेडर्सका राजेन्द्र शर्मालाई भन्सार छलीको आरोपमा मुख्य अभियुक्तमानी २४ लाख ४७ हजार ३ सय ५६ रुपैयाँ र साविर कुन्जडालाई मतियार मानी १३ लाख ५३ हजार ६२ रुपैयामा माग दावि गरिएको छ ।

मण्डला अजिमा इन्टरप्राइजेजका शसांक खनाललाई पनि राजस्व चुहावट गरेको अभियोगमा बिगो र जरिबाना गरि ४ करोड ५२ लाख ९७ हजार  ५ यस ४६ र  ३वर्षसम्म कैद सजाय माग दाबि गरी जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरिएको छ । यसैगरी मुद्दामा मतियारमानी राज कुमार गुप्तालाई २ करोड २६ लाख  ४८ हजार ७ सय ७३ रुपैयाँ बिगो र जरिबाना माग दावी गरि मुद्दा दायर भएको छ ।

 कपिलवस्तु जिल्ला अदालतमा समानान्तर विजक जारी गरी कर छलि गरेको आरोपमा ज्योती सप्लायर्सका जगदेव मिश्रलाई  मुख्य मतियार मानि २४ लाख ६९ हजार ८ सय ८२  र  सुवासराज दहाललाई मतियार मानि १२ लाख ४२ हजार ४ सय ५९ रुपैया  सजाय माग दाबि गरिएको छ ।  नवलपरासी जिल्ला अदालतमा दीपक इन्टरप्राइजेजका दीपक गुप्तालाई ४४ लाख ६८ हजार ९ सय २० रुपैयाँ सजाय माग दाबि गरी मुद्दा दायर गरिएको हो ।

६ महिनामा  कार्यालयले विभिन्न ४८ वटा कम्पनी र फर्म विरुद्द राजस्व चुहावटको आशंकामा अनुसन्धान गरिरहेको छ । त्यस मध्ये विभिन्न ४ वटा कम्पनी फर्मको थप अनुसन्धान गरी जरिबाना असुल उपर गर्ने गरी विभिन्न आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयमा लेखि पठाएको छ ।   

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा (२) (छ १) बमोजिम बिगो कायम गरी प्रतिवादीहरूलाई बिगो बापतको रकम असुल गरी सोही  ऐनको दफा २३ (१) बमोजिम बिगोको दोब्बर सम्म जरिबाना र तीन वर्ष सम्म कैद सजाय मागदावी गरी मुद्दा दायर गरिएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप