प्रमुख प्रतिपक्षी दल काँग्रेसद्वारा सांसद बैठक अवरुद्ध, सभामुख र सरकारविरुद्ध नाराबाजी
काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार मातहत राख्न माग गर्दे आज दोस्रो दिन पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेको छ ।
नेपाली काँग्रेसका नेताका नाममा रहेका अस्पताललाई पूर्वाग्रहसाथ सरकारले केन्द्र सरकारको मातहतमा नराखेर खारेजी गर्ने अवस्थामा पुर्याएको भन्दै त्यसको विरोधमा काँग्रेस सांसदहरुले मङ्गलबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गरेका हुन् ।
बैठकमा बोल्दै काँग्रेस सांसद प्रकाशमान सिंहले गिरिजाप्रसाद कोइरालाका नाममा खोलेको अस्पताल र शुशील कोइराला अस्पताल केन्द्र सरकारमातहत चलाउने निर्णय नगर्दासम्म बैठक चल्न नदिने घोषणा गरे ।
सांसद सिंह बोले लगत्तै काँग्रेस सांसदहरु उठेर रोष्टम घेरेका थिए । त्यहि बेला सभामुख कृष्ण बहादुर महराले काँग्रेस सांसदले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराएकाले आसनग्रहण गर्न आग्रह गरेपनि सांसदहरुले सभामुखको आग्रहलाई बेवास्ता गरेका थिए ।
त्यसक्रममा मर्यादापालक र काँग्रेस सांसदहरुबीच ठेलाठेल भएको थियो । सो क्रममा काँग्रेस सांसदहरुले बैठक चल्न नदिने अडानका साथ सरकार र सभामुखविरुद्ध नाराबाजी पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म