शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अनसनरत डा. केसीलाई गणेशमान सिंह भवनमा सारियो

मङ्गलबार, ०८ माघ २०७५, १२ : ३६
मङ्गलबार, ०८ माघ २०७५

काठमाडौँ । अनसनरत प्रा.डा. गोविन्द केसीलाई त्रि.वि शिक्षण अस्पतालको वार्डबाट अस्पतालकै गणेमान सिंह भवनमा सारिएको छ । स्वास्थ्य अवस्था सामान्य बन्दै गए पछि डा. केसीलाई नाँक—काँन—घाँटी विभागमा सारिएको हो ।

सो विभागमा डा. केसीले अघिल्लो अनसन पनि बस्दै आईरहेका थिए । सोही कोठामा डा. केसीले १६ औं अनसनलाई निरन्तरता दिनेछन् ।

१५ औं अनसनमा सरकार र केसी बीच भएको सहमति कार्यान्वयन नभएको भन्दै केसीले इलाममा एक सर्वसाधरणको घरमा पुस २५ गते अनसन थालेका थिए ।

तर अनसन थालेको ३ दिनमानै डा. केसीको स्वास्थ्यमा समस्या देखिएको थियो । 

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि गएको शुक्रबार बिहान ३ बजे त्रि.वि शिक्षण अस्पतालमा ल्याएर उपचार सुरु गरिएको थियो ।

 आईसीयूको ३ दिनको उपचार पछि डा. केसीलाई आईतबार साँझ अस्पतालको वार्डमा सारिएको थियो । अहिले स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि गणेशमान भवनमा सारिएको केसीका सहयोगीहरुले जनाएका छन् । 

 यस्तै केसीको विपक्षमा अनसन बस्दै आइरहेका विजय थापालाई पनि सोही भवनमा सार्ने तयारी भइरहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप